Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-04-27

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका ४० वर्षीय परशुराम भण्डारीलाई वैशाख १५ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बैशाख १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो । पीडित परिवारका अनुसार गाडी चालक रहेका आरोपितले गुल्मीबाट देवदह खैरनी जान भनी गाडीमा आएकोमा बाटोमा आउँदा जंगलतीर लगेर यौन दुर्व्यवहार गर्नेक्रममा देवदह नपा– ४ का वडा अध्यक्षले देखेर उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments