Incident Reports

४० जना नेपाली युवाहरु मलेशियामा अलपत्र

2015-01-01

Bagmati, Kathmandu, Kathmandu

RSS रोजगारीका शिलशिलामा मलेशियामा पुगेका धौलागिरीका चार सहित चितवन,गुल्मी र नुवाकोट जिल्लाका चालीस जना नेपालीहरु विगत ५७ दिनदेखि अलपत्र परेका छन्। गत कात्तिक १९ गते काठमाडौं सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीवाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका ३ ज्यामरुककोट विमिराबोटका राजन थापा, भकिम्ली २ का मानवहादुर सार्की ,सोही ठाउँकै रामवहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरे सहित ४० जना नेपालीहरु काम नपाएर मलेशियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेको मलेशियावाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिए। बुधवार बिहान थापाले जानकारी गराउँदै आफूहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्वन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेका थिए। 'हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौं, साथमा पैसा नहुँदा भोकभोकै वस्नु परेको छ, हामी आएको मेनपावर कम्पनीमा खवर गर्दा कुनै प्रतिक्रिया दिँदैन,अब हामीले के गर्ने?' थापाले भने। सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकवहादुर थापा मार्फत मलेशियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो रहेको छ।

0 Comments

Related Trend Analysis