Incident Reports

कतारमा कामदारले तलब पाएनन्

2015-01-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- बैदेशिक रोजगारका लागि कतार पुगेका १४ जना नेपाली कामदारले ३ महिनादेखि तलब नपाउँदा विचल्ली भएको छ। काठमाडौंको मदरल्यान्ड ओभरसिजबाट ३ महिनाअघि कतार पुगेका कामदारले गएकै दिनदेखि बिचल्ली हुनुपरेको नागरिकलाई टेलिफोनमा बताएका छन्। कतारको स्पेशलाइस्ड ट्रेडिङ्ग एन्ड कन्ट्राक्टिङ्ग कम्पनीमा इलेक्ट्रिसिटी बिल्डिङ एसिसटेन्टका लागि पुगेका कामदारहरुले सम्झौता अनुसारको काम र अन्य सेवा पनि नभएको बताएका छन्। कतार पुगेर अलपत्र पर्नेमा सर्लाहीका राजाबाबु रोय, रामेछापका तीर्थराज तामाङ, रौतहटका रविन्द्र तिमिल्सिना, रामेछापका नोर्बु शेर्पा, खोटाङ्गका रमेश राई, कपिलबस्तुका यामलाल बेलवासे, खोटाङका बालान्द राई, नवलपरासीका विक्रम महतो, रामेछापका चित्रबहादुर सुनुवार, लमजुङका दिपकबहादुर सार्की, कैलालीका कविन चौधरी, खोटाङका दोर्ची शेर्पा, धनुषाका कमलदेव कुमार साह, सिन्धुपाल्चोकका लक्ष्मण भुजेल रहेका छन्। रामपुर ५ रामेछापका तीर्थराज तामाङले कतार आएको दिनदेखि नै काम सुरु भएपनि ३ महिनाको तलब नपाएको बताए। आएको दिन खर्च भने १ सय रियाल दिएको थियो त्यसपछि ३ महिनासम्म केहि पाएको छैन, सामान्य खाजा खाने पैसा पनि नभएर सरसापटबाट चल्नु परेको छ, उनले टेलिफोनमा नागरिकलाई भने। मासिक ९ सय रियाल र ओभरटाइम हुन्छ भनेर मदरल्यान्डमार्फत कतार आएपनि सम्झौता अनुसारको काम दिएको छैन भने सेवा र सुविधा पनि केहि पाइएको छैन, उनले भने। जुन काम पनि गर्नुपर्छ पहिला एउटा कामको सम्झौता थियो तर यहाँ आएपछि यो काम त्यो काम नभनी काममा पेलाइन्छ तर सुविधा र तलब दिएको छैन, हामी नेपाल नै फर्कन चाहन्छौ तर नेपालको म्यानपावर कम्पनीले कुनै प्रक्रिया नगर्दा अलपत्र पर्ने अवस्था आएको छ, उनले भने। मदरल्यान्ड ओभरसिजका सन्चालक टेकबहादुर पौडेलले आफ्नो कम्पनीबाट गएका कामदारले तलब नपाएको स्विकार गरे। तलब नपाएको कुरा मैले पनि कामदारले भनेपछि थाहा पाएको छु, अबको ३ दिन भित्र तलब दिलाउन पहल भएको छ, उनले भने। तीन दिनमा तलब नपाए आइतवारदेखि काम नगर्न भनेको छु, त्यसपछि आफैं पहल गरेर नेपाल फिर्ता ल्याउछु, उनले भने। अर्को साता म आफै कतार जान लागेको हुनाले समस्या जसरी पनि समाधान गर्न लागि परेको उनले दावी गरे।
National/Online Media

0 Comments

Related Trend Analysis