Incident Reports

पोखरामा बृहत् सद्भाव र्याली

2015-08-28

Gandaki, Kaski, Pokhara Lekhnath

‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ आज बिहान यहाँ शान्ति तथा सद्भाव र्याली को आयोजना गरियो । पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा भएको उक्त र्यालीमा विभिन्न राजनीतिक दल, उद्यमी, व्यापारी, आमा समूह, क्लब र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । पोखराको गैरापाटनबाट सुरु भएको शान्ति र्याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, न्यूरोड हुँदै चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा पुगेर टुङ्गिएको थियो । यालीका सहभागीले पोखरा सधैँ खुल्ला छ, बन्दको विकल्प खोजौँ, विद्यार्थी र विद्यालय शान्ति क्षेत्र घोषणा गरौँ, गरी खान देउ जस्ता प्लेकार्ड बोकेका थिए । यालीपछि आयोजित सभामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिन्दुकुमार थापाले ९९ प्रतिशत जनताले बन्द, हडताल नचाहेको बताउँदै यहाँ १ प्रतिशत मान्छेले ९९ प्रतिशत मान्छेलाई दबाबमा पारेर घुमाइरहेको बताउनुभयो । उहाँले अब उप्रान्त जुनसुकै समूहले बन्द, हडताल गरेमा हामी सबै मिलेर अवज्ञा गर्न एकजुट होऔँ भन्नुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Chamber of Commerce and entrepreneur's associations , Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis