Incident Reports

जातीय विभेदको मुद्दा मिलापत्र

2012-11-04

(Update)--ओखलढुंगा । कार्तिक १५ गते गैरदलितको घरमा प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा कुइभिर गाविस -५ का ६१ वर्षीय बेनबहादुर दर्जीको परिवारले आक्रमण गर्ने स्थानीय युवाहरू विरुद्ध ०९६ कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गराएका छन् । ०६९ कात्तिक ७ स्थानीय लालबहादुर भुजेलको घरमा प्रवेश गरेको आरोपमा भुजेलका छोराहरू भक्त भूजेल, कोमल भुजेल सहित ११ जना विरुद्ध उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन् । स्थानीय युवाहरू प्रवेश राई, गोविन्द कोइराला, लोचन अधिकरी, रोशन अधिकारी, अमिर राई, विजय घिमिरे, सुरेन्द्र श्रेष्ठ लगायत ११ जनाको समूहले घरका परिवारका सबै सदस्यमाथि आक्रमण गरेको पीडित बेनबहादुर दर्जीले बताए । आक्रमणबाट बेनबहादुर दर्जी, ५२ वर्षीया पत्नि कृष्णमाया दर्जी, छोराहरू मनिस परियार, दीपेन्द्र परियार र नगेन्द्र परियारलगायत छोरी र भाञ्जासमेत घाइते भएको उनले जानकारी दिए । घटनामा परिवारका सात जना सदस्यहरू घाइते भएको पीडित दर्जीले बताए । घरमा दशैँको दिन भएकाले सबै परिवार बसेर रमाइलो गरिरहेको समयमा एक्कासि भाटा र लाठीले आक्रमण गरेको पीडित परिवारले जनाएको छ । आक्रमणबाट घाइतेमध्ये कृष्णमाया परियारको ढाडमा चोट लागेकाले सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । मादकपदार्थ सेवन गरेर आएको समूहले कृष्णमाया दर्जीमाथि हातपात गरि दुर्व्यवहार समेत गरेका छन् । उनले लगाएको चोलो समेत च्यातिदिएको स्थानीय शम्भु कट्वालले बताए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भेषराज रिजालले पीडकलाई झिकाएर आवश्यक कारबाही गरिने बताए । पीडित परिवारले छुवाछूतको आरोपमा कुटपिट भएकाले जातीय विभेद सजाय र कसुर ऐनअनुसार कारबाही गर्न माग गरेका छन् ।  

 (Updated)-- कात्तिक १८ गते जातीय विभेदको मुद्दा मिलापत्र भएको छ । छुवाछुतको आरोपमा पिटिएका कुइभीर गाविस -५ का ६१ वर्षीय बेनबहादुर दर्जीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ०६९ कात्तिक १३ गते दर्ता गरेको जातीय विभेदसम्बन्धी मुद्दा ०६९ कात्तिक १७ गते मिलापत्र गरिएको छ। पीडित परिवारलाई पीडकहरूले माफी मागेर उपचार खर्च तथा क्षतीपूर्ति दिने सहमति भएकाले मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयका असई भीम बस्नेतले बताए ।जिल्ला प्रहरी कार्यालयमा ०६९ कात्तिक १६ गते राती ८ बजेसम्म भएको छलफलमा पडिकले माफी मागेर उपचार खर्च, यातायात खर्च तथा क्षतिपूर्ति वापत ९८ हजार रुपियाँ दिने सहमतिमा मिलापत्र गरिएको पीडित बेनबहादुर दर्जीले जानकारी दिए ।कात्तिक १३ गते दर्जीको परिवारमाथि कात्तिक ७ गते स्थानीय लालबहादुर भुजेलको घरमा प्रवेश गरेको आरोपमा भुजेलका छोराहरू भक्त भूजेल, कोमल भुजेलसहित ११ जनाले कुटपीट गरेका थिए ।कुटपिटको आरोपमा पक्राउ परेका युवाहरू आफ्ना कार्यकर्ता भएको भन्दै नेपाली कांग्रेसका सभापति प्रदिप सुनुवार, नेता टेकराज भट्टराई सहितका नेताहरूले मुद्दा नचलाउन प्रहरीलाई दवाव दिएको पीडितले आरोप लगाएका छन् । सोही घटनाका पीडित कृष्णमाया परियारले नेताहरूले विवाद निकालेर घटना ढाकछोप गर्न खोजेको बताइन् । स्थानीय युवाहरू प्रवेश राई, गोविन्द कोइराला, लोचन अधिकरी, रोशन अधिकारी, अमिर राई, विजय घिमिरे, सुरेन्द्र श्रेष्ठ लगायत ११ जनाको समूहले दर्जीको परिवारमाथि स्थानीय लालबहादुर भूजेलको घरमा पसेको आरोपमा ०६९ कात्तिक ७ गते राती गरेको आक्रमणबाट बेनबहादुर दर्जी, ५२ वर्षीया पत्नि कृष्णमाया दर्जी, छोराहरू मनिस परियार, दीपेन्द्र परियार र नगेन्द्र परियार लगायत घटनामा सात जना परिवारका सदस्यहरू घाइते भएका थिए ।जातीय विभेदका घटनामा पार्टीले मिलाउन खोजेर विवाद भएको विषयमा नेपाली कांग्रेसका नेता टेकराज भट्टराईले आफ्ना कार्यकर्ता भएको र गाउँको घटना भएकाले आफ्नो पहलमा मिलाएको बताए।

0 Comments