Incident Reports

जातीय विभेद गरेको आरोपमा पीडितद्वारा प्रहरीमा उजुरी

2016-07-11

Gandaki, Baglung, Baglung

बागलुङ नपा-२ रुद्रेपिपलका दलित समुदायलाई स्थानीय तारा सुवेदीले आफ्नो छोरीको विवाहमा निमन्त्रणा दिई दलितहरूलाई विभिन्न बहानामा विभेद गरेको आरोप लगाउँदै उनीहरूले रुद्रेपिपल टोल विकास संस्थामार्फत जिल्ला प्रहरी कार्यालय बागलुङमा असार २७ गते निवेदन दिएर कानुनी कारबाहीको माग गरेका छन् । पूर्व प्रहरी सहायक निरीक्षक रहेर जिल्ला प्रहरी कार्यालय बागलुङमा महिला सेल प्रमुखको रूपमा काम समेत गरेकी सुवेदीले विवाहमा गैरदलितलाई निमन्त्रणा कार्ड दिएर विवाहभोजका लागि विवाह हुने स्थानमा बोलाएको तर दलितलाई सुपारी दिई कसार तथा फलफुल घरमै लगेर अमानवीय व्यवहार गरेको दलित समुदायको आरोप छ । विवाहको कसार, सेलरोटी पुर्‍याउन घरघरै गएका रुद्रेपिपलकै टिका जिसी र कुमारी थापाले यहाँका करिब २० घरधुरीका दलित परिवारलाई मात्र विवाहमा आउन पर्दैन भन्दै 'प्रसाद' दिएको टोलबासीले बताएका छन् । तारा सुवेदी, टिका जिसी र कुमारी थापाले छुवाछुत गर्ने मनसाय नभएको भन्दै जानी नजानी एक पटक गरिएको गल्तीप्रति माफी मागेका छन् । प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले दुवै पक्षबीच छलफल गराइरहेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments