Incident Reports

जातीय विभेद गरेको आरोपमा गिरफ्तार

2016-07-27

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 5

भदौरेतामागी-४ हर्पन घर भई पोखरा उमनपा-५ शान्तिनगरकी ४६ वर्षीया सुष्मा खनालको घरमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय प्रकाश परियारलाई जातीय विभेद तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खनाललाइ साउन २४ गते गिरफ्तार गरेको छ । पीडित परियारले आफूमाथि घरधनी खनालले साउन १२ गते जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 'कोठामा बस्ने मान्छे दमाई, कामी हो भन्ने थाहा थिएन । तिमी दमाई हौ रे! दमाईलाई मेरो घरमा बस्न दिन्न । अब घरमा पुजा गर्नुपर्‍यो । तुरुन्तै कोठा खाली गरीदेउ ।'-खनालले भनेको कुरालाई उद्घृत गर्दे परियारले भने । पीडित परियारले इन्सेक क्षेत्रीय कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पनि न्याय दिलाइदिन अनुरोध गर्दै निवेदन दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments