Incident Reports

उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार

2016-08-09

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 4

वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८ वर्षीय भलामान तामाङ र ३० वर्षीय रहरमान तामाङले उच्च जातीको केटी विवाह गरेको भन्दै साउन २७ गते मराणसन्न हुने गरी कुटपिट गरेको भन्दै पीडितले प्रहरीमा साउन २८ गते उजुरी दिएका थिए । ‘हामी माथिल्लो जातिको हौँ । हाम्रो चेली विवाह गर्न कसरी आँट गरिस? भन्दै कुटे ।’-पीडितले भने । पीडित लिलाबहादुरको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ । पीडित सपनाले पनि आफू खुसी विवाह गरेको बताउँदै परिवारले जबरजस्ती लिला र आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Total Injured 1

0 Comments