Incident Reports

जहाँ प्रधानाध्यापकबाटै हुन्छ छुवाछूत

2016-08-31

Karnali, Mugu, Mugum Karmarong

 जहाँ शिक्षा लिने शिक्षालय र पाठशालाभित्रै विद्यार्थीहरुमाथि छवाछूत हुन्छ र विभेद गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै । शिक्षा र चेतना बाँड्ने थलो विद्यालयमै अझै जातीय भेदभाव र छुवाछूत जस्तो अन्धविश्वास र कुसंस्कृति कायम छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर मुगु जिल्लाका विद्यालयहरुमा अहिले पनि दलित विद्यार्थीलाई जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहार गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै । जिल्लाको सुकाढिक गाविसमा पर्ने नर्खजीमा रहेको पञ्चोदय माध्यमिक विद्यालय, धैनकोट गाविसमा रहेको जगतमाला उच्च माध्यममिक विद्यालय तथा सेरी गविसमा पर्ने पीपलचौर जोगीलेखमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरुले नै दलित विद्यार्थीलाई पानी तथा खानपिनमा छुवाछूत गदै आएका छन् । पञ्चोदय माध्यमिक विद्यालयमा अझै पनि दलित विद्याीर्थीलाई सरस्वीत पूजामा प्रसाद पकाउँदा छुन दिदैनन् । स्थानीय शिक्षक विरजंग शाहीले सरस्वती पूजाका बेला हलुवाइ पकाउँदा दलितका बच्चाहरुले छोयो भने, धामी डाँगरहरु आउँछन् भनेर छुन नदिने गरेको विद्यालयमा अध्ययनरत विद्यार्थी राजेश लावडले गुनासो गरे । लावडका अनुसार शिक्षक शाही र प्रधानाध्यापक कृष्णबहादुर कँवरले प्राय ः यस्तो भेदभाव गर्ने गरेको बताएका छन् । ‘हामीलाई पानी र खाजामा समेत विभेद गरिन्छ , ’उनले भने ।

यस्तै जिल्लाकै धैनकोट गाविसमा रहेको जगतमाला उच्च माध्यमिक विद्यालयमा पनि जातीय भेदभाव हुने गरेको दलित विद्यार्थीहरु बताउँछन् । २०७२ फागुन १ गते उक्त विद्यालमा सरस्वती पूजा हँुदै थियो । त्यस क्रममा प्रसाद पकाउँदा भान्सामा गैरदलित विद्यार्थीलाई मात्र भान्सामा लगाइएको थियो । दलित विद्यार्थीलाई भने दाउरा, खाद्यान्न ओसार्ने जस्ता काममा मात्र लगाइएको थियो । यस्तो भेदभाव देखेपछि केही दलित विद्यार्थीले व्यवस्थापन समिति र प्रधानाध्यापक समक्ष कुरा राखे । तर कुनै सुनुवाई भएन । त्यसपछि हामी त न्यायका लागि प्रहरी कार्यालय हिड्यौं भनेपछि प्रधानाध्यापकले माफी माग्दै प्रसाद पकाउन गैरदलित विद्यार्थीलाई लगाइए पनि अब वितरणमा दलित विद्यार्थीलाई पनि लगाउँछौं भनेर रोकेका दलित विद्यार्थी विद्यार्थी राजबहादुर नेपालीले सुनाए । सरले मुखले ठिक पार्नुहुन्छ , ’व्यवहारमा देखिदैनन ,उनले भने । विद्यालयले निकै चलाखीपूर्वक विभेद गरेको उनीहरुले बताएका छन् । स–साना दलित बच्चाहरुलाई मात्र प्रसाद वितरणमा लगाएर ठूला उमेरका विद्यार्थीलाई अलग राखेको उनले बताए । दाँत नझरेका दलित बच्चाहरुले छोएको खाँदा केही हुन्न भन्ने मान्यता अनुरुपका कारण त्यसो गरिएको कतिपय स्थानीय दलित नेताहरुले बताए । यो पनि विभेदै भयो भनेर आवाज उठाएपछि बल्ला ठूला दलित विद्यार्थीलाई पनि भोज वितरणमा सामेल गराइएको विद्यार्थी राजबहादुरले जानकारी दिए ।

जोखीखोलको प्राथमिक विद्यालयमा कार्यालय सहयोगी दलित समुदायका नन्दु टमटा छन् । तर विद्यालय सफा गर्ने, ढोका खोल्ने, घण्टी बजाउने, सामान ओसार्ने जस्ता काममा मात्र उनलाई लगाइन्छ । पानी ल्याउने र नास्ता बनाउने काममा छोइन्छ भनेर उनलाई लगाइदैन । उक्त कामको जिम्मेवारी गैरदलित समुदायका परुनाथ गोगीलाई दिइएको कार्यालय सहयोगी टमटाले गुनासो गरे । प्रधानाध्यापक उब्जन शाहीले नै दलितले छोएको गैरदलित विद्यार्थीले खान मान्दैनन् भनेर यस्तो भेदभाव गर्ने गरेको उनको भनाइ छ । यसरी ज्ञान र शिक्षाको चेतना बाँड्नुपर्ने शिक्षकहरुबाटै जातीय छुवाछूत भइरहेको देख्दा समाजमा जरो गाडेर बसेको जातीय विभेदको अन्त्य कहिले हुन्छ भन्ने गम्भिर प्रश्न उठेको दलित विद्यार्थी बताउँछन् । कानून विपरित यसरी जातीय भेदभाव गर्ने शिक्षकहरुलाई पदबाट बर्खास्त गरी कार्वाहीको दायरामा ल्याउनु पर्ने मुगुका दलित विद्यार्थी माग गर्छन् । जबसम्म कडाइका साथ यस्ता शिक्षकहरुलाई कार्वाही हुँदैन तबसम्म विद्यालय जस्तो पवित्र ठाउँबाट जातीय छुवाछूत नहट्ने उनीहरु बताउँछन् ।

National/Online Media

0 Comments