Incident Reports

मन्दिर छोएको आरोपमा एक ग्राम सुन र दुई हजार रुपियाँ जरिबाना

2016-09-05

Sudurpashchim, Bajhang, Masta, Ward 5

रिलु गाविस -८ द्वारीमा लागेको हरेलो मेलामा सोही ठाउँका ३९ वर्षीय लालबहादुर आग्रीलाई मन्दिर छोएको आरोपमा भदौ २० गते उनीसँग भएको एक ग्राम सुनसहित दुई हजार रुपियाँ जरिबाना भराइएको छ । आग्री भक्तजनहरूका लागि प्रसाद पकाउँदै गरेको ठाउँ र कालिका देवीको मन्दिरमा प्रवेश गरेको आरोपमा जरिबाना भराइएको स्थानीय लालबहादुर बोहोराले बताए । दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए राम्रो नहुने भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवतालाई दण्ड तिरेको बोहोराको भनाइ छ । प्रत्येक वर्षभदौ १९ गतेदेखि रिलु गाविसको कालिका मन्दिरमा यो मेला लाग्ने गर्दछ । संविधानमा जातीय भेदभाव गरिए दण्ड सजाय हुने स्पष्ट व्यवस्था भएपनि त्यस विपरित आग्रीलाई एक आना सुनसहित २ हजार रुपियाँ नगद दण्ड तिराइएको छ । यो समाचार तयार पार्दासम्म यस विषयमा प्रशासनले कुनै हस्तक्षेप गरेको छैन । 

(Updated)-----रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन्। घटनापछि समता फाउन्डेसन र जागरण मिडिया सेन्टरले संयुक्तरूपमा गरेको स्थलगत अनुगमनको यहाँ आज पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्दै दलित समुदायका अधिकारकर्मीले घटनासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायलाई सजग गराउने र पीडकलाई ज्यान मार्ने उद्योग र जातीय भेदभाव ९कसुर र सजाय० ऐनअन्तर्गत मुद्दा चलाउन गर्न माग गरेका हुन्। मन्दिरमा देउडा नाचगान गरेर रमाइलो गर्ने क्रममा स्थानीय लालसिंह आग्रीलाई सोही स्थानका गैरदलितले दलित भएर मन्दिर प्रवेश गरेको भन्दै आग्रीमाथि कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका थिए। फाउन्डेसनका अध्यक्ष तथा दलित आन्दोलनका अगुवा पदम सुन्दासले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनालाई सरकारी कर्मचारीले समान्य प्रकृतिको घटना भन्दै गाउँमै मिलापत्र गर्ने गरेको पाइएको बताए। “पीडितलाई अति अमानवीय प्रकृतिको व्यवहार (दिसा खुवाउन खोज्ने) आफ्नै चेलीबेटीमाथि अनैतिक व्यवहार गर्न लगाउन खोज्ने व्यक्ति (पीडक) लाई कडा सजाय दिलाउन विद्यमान कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसमक्ष सुझाव प्रस्तुत गर्दछौँ” – प्रतिवेदनमा भनिएको छ। रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments