Incident Reports

मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता

2016-08-20

Sudurpashchim, Kailali, Dhangadhi, Ward 4

धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज आचार्यले अभद्र व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । आफूमाथि भदौ ४ गते नै छुवाछुतको व्यवहार गर्दै भजनकिर्तनमा सहभागी हुन नदिएको भएपनि आफूले असुरक्षित महसुस गरी भदौ १२ गते मात्रै जिल्ला प्रहरी कार्यलय, धनगढीमा उजुरी दर्ता गरेको बताए । पीडित दर्जीले सो घटनापछि अपमानित महसुस भएको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताए । सोही घटनाको बारेमा भदौ १३ गते जिल्ला प्रशासन कार्यलय, कैलालीमा पीडित र अरोपित दुवै पक्षबीच छलफल गरिएको भएपनि कुनै निर्णय भने भएन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो घटनाको बारेमा थप छलफल गरेर निश्कर्ष निकालिने बताए । सो घटनामा आफुहरूको ध्यानाकर्षण भएको जनाउँदै कैलालीमा राष्ट्रिय दलित नेटवर्क, एनएनडिएसडब्लुओ लगायतका दलित अधिकारमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूले पीडितको न्यायका लागि भदौ १२ गते विज्ञप्तिसमेत जारी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments