Incident Reports

सचिव विरुद्ध दलित उत्पिडानमा जाहेरी

2016-11-16

Gandaki, Nawalparasi West, Palhi Nandan

जन्मदर्ता गराउन गाविसमा जाँदा सचिवले आफुलाई चमार भन्दै गाली गरी पिट्ने सचिव विरुद्ध दलित उत्पिडानमा पीडितले जाहेरी दिएका छन् । पाल्ही गाविसका सचिव नन्दलाल कुम्हालले आफ्नो काम गर्नु भन्दा उल्टै गाली गर्दै पिटेको आरोप लगाउदै सोहि गाविसका स्थानिय करन हरिजनले प्रहरिमा जाहेरी दरखास्त दिएका छन् । बुधवार विहान गाविसमा छोरीको जन्मदर्ता लिना आएका स्थानिय हरिजनलाई गाली गर्दै थप्पडै थप्पड पिटेको गुनासो गरेको थिए । छोरी जन्मेको १५ दिन छोरीको जन्मा दर्ता लिना गाविस पुगेका हरिजनलाई त चम्मर १५ दिन भाछैन कि जन्मदर्ता लिना आइहालिस् भन्दै सचिव एवं सहयोगिहरु मिली हरिजनलाई कुटपिट गरेको दुखेसो उनले सुनाए । ११ बजेको समयमा गाविस सचिव एवं सहयोगिहरु कार्यालय बाहिर बसी घाम ताप्दै एवं गफिदै गर्दा हरिजनले पटक पटक जन्मा दर्ताको फर्म भर्न र बनाइ दिन आग्रह गरेपछी सचिवले झन्केर त चमारले बिहानइ हाम्रो बोहनी विगार्यो , यसलाई आज कुट्न पर्छ भन्दै आक्रोशित भइ कुटपिट गरेको पीडितले आरोप छ । प्रहरीले उजुरी दर्ता गर्न नमानेको र छलफलबाट यो मुद्धा टुङुयाउन भनिरहेको हरिजनको गुनासो छ । यता सचिव कुम्हालले कार्यालयमा आएर हरिजनले कर्मचारी र आफुलाई समेत गाली गलौच गरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments