Incident Reports

सामान छोएकै निहुँमा नौ वर्षीय बालकमाथि कुटपिट

2017-03-29

Karnali, Surkhet, Barahtal

‘म गोठाला गएकी थिएँ । बराहताल गाउँपालिका (साबिकको कुनाथरी–८) मा हाम्रो घर पर्छ । छिमेकमा ठकुरी समुदाय छ । बुधबारको घटना हो, छोरा भीमबहादुर घरमै थिए । उसलाई छिमेकी बाटु शाहीका छोरा चक्रबहादुरले सामान ल्याउन भान्सामा पठाएछ । ऊ भित्र पसेछ । पछि उनको आमा बाटुले गाली गर्नुभएछ । आमाकै पछाडि लागेर अर्को छोरा भरतले सालको लौरीले निलडाम हुने गरी पिटेछ । साँझ गोठालाबाट फर्कंदा रोइरहेको देखें । शरीर हेर्छु जताततै निलडाम । त्यो रातभर निदाएन । रोएरै रात बितायो । भोलिपल्ट (बिहीबार) शरीर सुनिन थालेपछि क्षेत्रीय अस्पताल कालागाउँ ल्याएँ । र, उपचार गरें । हिजोसम्म उपचार गर्नैमा ठीक्क भो । गर्मीमा उसलाई धेरै हिँडाउन मिलेन ।’ घटना वृतान्त सुनाउँदै भीमबहादुरकी आमा जयसरा । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले कथित माथिल्लो जातिकी बाटु शाही र उनका दुई छोरा चक्रबहादुर, भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै उजुरी दिइन् । प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ बमोजिम उनको उजुरी दर्ता गरेको छ । नौ वर्षको छोरामाथि सामान छोएकै निहुँमा निर्घात कुटपिट गरेपछि जयसरामा अहिले छटपटी छ । ‘अपांग श्रीमान् दुई/चार पैसा कमाउन विदेश हुनुहुन्छ । यहाँ गाउँमा गरिब, दलित भएकै कारण हामीले दिनैपिच्छे अपमानित हुनुपरेको छ’ जयसराले दलित हुनुको पीडा पोखिन्, सानातिनो अपमान त कति सह्यौं सह्यौं । यसपल्ट त छोराले घरभित्र पठाउने, आमाले कुट्न लगाइछिन् ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments