Incident Reports

पसलमा भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटियो

2017-07-08

Lumbini, Gulmi, Musikot, Ward 4

चुनावका बेला दलित समुदाय हरेक राजनैतिक दलका लागि निकै प्यारा बन्छन् । अघि पछि छिःछिः र दुर्दुर गर्नेहरु चुनावताका तिनै दलित समुदायको घर भित्र पसेर खानासमेत खाएर जातिय समानताको मञ्चन गर्छन्, उनीहरुलाई जातिय मुक्तिको आश्वासन दिन्छन् । तर चुनाव सकिए लगत्तै तीन दलका कार्यकर्ताहरुको दलितहरुलाई हेप्ने, विभेद गर्ने प्रवृति रहँदै आएको छ । त्यसको ज्वालन्त उदाहरणका रुपमा गुल्मीको एक घटनालाई लिन सकिन्छ । पीडित पक्षका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको आरोपमा त्यहाँका एक जना दलितलाई गोरु चुटे झैं चुटेर मरणाशन्य बनाइएको छ । उनीहरुको भनाई छ आफूमाथि पसलभित्र पिसाव फेरेको झुठा आरोप पनि लगाइएको छ । ४२ वर्षिय कर्णबहादुर सार्कीलाई हलोगाडे वजारमा किराना पसलसँगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीका श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले निर्घात कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पसलमा खान खाएको भाँडा नमाझेको र पिसाब समेत फेरेको आरोपमा कुटपिट गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका असई सत्यनारायण यादवले बताए । निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको टाउँकोमा घाउहरु छन् । आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् । बायाँ पट्टीको सातौँ नम्वरको करङ्ग समेत भाँचिएको उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए । पिडितको वयान यस्तो छ म चामल लिन भनेर उनीहरुको पसलमा गएको थिएँ । एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थाले । खाँदै जाँदा तिन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नु भयो । रक्सीको बेला शरुमा मैले अलि अटेर गरे जस्तो गरेछु । त्यस पछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसेँ । रक्सी अलि लगेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न पुगेँ । पानी भएको भाँडो मरो शरीर भरी प¥यो र म पनि भिजे, भुइँभरी पनि पानी भयो । साहुनी शोभाले त्यसै बेलामा भुइँमा पिसाब फे¥यो भन्ने वाहना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो । त्यसपछि मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिंहको घरमा ल्याएर सुताइन् । त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर एकाएक लाठी वर्षाए पछि म बेहोस भएर ढलेको हुँ । यसो भन्छिन् उनकी श्रीमति यदि पिसाव फेरेकै भए म लिपी दिन्छु भनेकै थिएँ । उनैका पसलमा रक्सी पिएको मान्छेलाई नकुट्नुस् भनेर हात जोड्ता पनि हानेकोहान्यै गरे । हामी दलितले खाएको भाँडा माझ्ने गरकै थियौँ । उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ । स्थानिय दलित महिला प्रतिनिधी मिरा विश्वकर्मा त्यहाँका होटल पसलमा सधै त्यस्तै हो । भाँडा त अनिवार्य माझ्नु पर्दछ । दमन र अत्यचार त सहँदै आएका थियौं तर हिजो गोरु चुटे झैं चुटेर वेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजानसमेत अवरोध गरियो । त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा मलाईसमेत घरमा गएर हातपातको प्रयास गरियो । म कांग्रेसबाट दलित महिला उमेदवार रहेको र उनले कांग्रेसमा भोट हालेको रिस समेत साँधियो । यति ठूलो घटनालाई पनि त्यहाँ उनीहरुका पक्षधरले सामन्य घटना ठानेका छन् र उल्टै झुटा आरोप लगाएर पिटाई खाने मान्छेकै गल्ती देखाउने तानाबाना बुनिदैछ । घटना खेदजनक छ : कांग्रेस प्रतिनिधी स्थानीय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमानामा पनि होटल तथा पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन् त्यसरी पिट्नु खेदजनक भएको प्रतिकृया दिए । त्यसमाथि बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा अवरोधसमेत गरिएको जानकारी पाएको उनले बताए । एमाले प्रतिनिधीको वचाउ नेकपा एमालेका स्थानि प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेकाहरुको वचाउ गरेका छन् । उनले भने– ‘दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढी रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ । त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होइन रहेछ । हप्काएर घर पठाएको रहेछ । पछि बाटोमा लडेर घाइते भएको भन्ने सुनेको छु ।’ ‘दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनुप¥यो नि ?,’ केसीले प्रश्न गरे । आरोपितहरुको यस्तो छ बयान आरोपित शोभा कार्की – हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रैबाट रक्सीले टिल्ल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए । उनैले दिएको रक्सी पिएर जथाभावी वोल्दै थियो । भाँडा माझ्न लगाएको होइन । भाँडा माझ्न जाँदा पल्टाइदिएपछि हप्काएर मात्रै पठाएको हो । यहाँका केही मानिसहरुले बढाईचढाई गरेर मुद्दा ठूलो बनाउन खोजेका हुन् । छोरा कृष्ण मैले लाठीले हानेको होईन, धक्काएको मात्रै हुँ । मलाई झुटो आरोप लगाएका हुन् । तपाईहरुलाई जे सुनाइएको छ त्यो गलत हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments