Incident Reports

गुल्मीमा फेरी अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

2017-07-16

Lumbini, Gulmi, Chandrakot

केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएकोघटना सेलाउँन नपाउँदै गुल्मीमै फेरी अर्का दलित, त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै, कुटिएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसिरहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कुटपीट गरेका हुन् । कुटपिटबारे चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ । त्यस विषयमा अहिले दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको एउटा कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् । टेलिफोन सम्पर्क गर्दा श्रीमान्ले राम्ररी कान सुन्न छाडेको भन्दै उनको श्रीमतिले फोन उठाइन् । ‘के कसरी घटना भएको भन्ने प्रश्नमा उनले भने – ‘चुनावको प्रचार ताका जस्तापाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेका थिए । अहिले जिते पछि त उनले देलान् नि, नत्र जनताले कालो मोसो दल्छन् भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने । मैले एउटा कान राम्ररी सुन्नै छाडेको छु ।’ बिक बुटवलमा उपचार गरी हिजो साँझ घर आएका हुन् । वडाध्यक्ष पुनले भने घटनाबारे प्रतिक्रिया दिँदै भने, ‘बोल्न पायो भन्दैमा बढी बोल्न पाइन्छ र ? जथाभावी वोले पछि सामन्य हात हालेकै हो, कानको जाली फुट्ने गरी चाँही होईन ।’ दलित सञ्जाल चन्द्रकोटका अनुसार यस घटनामा जातीय विभेद नझल्किए पनि दलितहरु माथि पहिलेको जस्तो हेपाह प्रवृति चाँही हो । ‘जथाभावी के बोले बिकले र कुट्नु भयो त ?’ भन्ने प्रश्नमा वडाध्यक्ष पुनले, ‘अहिले मासमा छु, पछि भनौला भनेर फोन राखे । पुन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments