Incident Reports

प्रेम गरेको भन्दै युवतीमाथि कुटपिट

2017-07-03

Lumbini, Rupandehi, Sammarimai

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै एक युवती निर्घात कुटिएकी छन् । साथै स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । घटना हो, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ (साविकको असुरैना गाविस) डिहुली गाउँको । गत असार १९ गते हो । तर, भिडियो सार्वजनिक भएसँगै घटना बाहिर आएको हो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा स्थानीय रमिते बनेर बसेका छन् । मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे । मीनाको बाल्यकालमा नै अर्को युवकसँग बालविवाह भइसकेको भए पनि गौना हुन बाँकी थियो । युवक पनि विवाहित भएको बताइएको छ । दुईको प्रेम सम्वन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिए । उनलाई कुटपिट गर्न थालेपछि युवती बचाउन गइन् । त्यही झोंकमा परिवारका सदस्यहरु मिलेर लछार पछार गर्नुका साथै लाठीमुग्रा गरे । कुटपिट हुँदा छिमेकीहरुले वरिपरि बसेर हेरिरहे । कसैले पनि कुटपिटमा उत्रिएकाहरुलाई रोकेनन् । घटना पश्चात प्रहरीले कुटपिट गर्ने युवतीका बुबा इन्नर अहिरलाई पक्राउ गरेर थुनामा राख्यो । तर, भोलिपल्टै मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए । विगतमा मानसिक रोगको औषधि खाएका अहिरले आफूलाई देउता चढेको भन्दै तोडफोड गर्न थालेकाले पनि थुन्न गाह्रो भएको मर्चवार निमित्त प्रमुख प्रहरी नायब निरीक्षक नरीश्रवर अर्यालले बताए । यद्यपि मेडिकल रिपोर्टमा युवतीमाथि निर्घात कुटपिट भएको देखिएको उनले स्वीकार गरेका छन् । अझ अनौठो त के छ भने युवतीलाई चरम याताना दिने युवती पक्षले नै एक लाख रुपैयाँ नगद समेत पाएको छ । दिनेशको परिवारले एक लाख रुपैयाँ कुट्ने पक्षलार्इ बुझाएका छन् । प्रेम सम्बन्धका कारण युवती बदनाम भएको र उनको विवाह गर्नुपर्ने भएको भन्दै दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ युवतीका बुबालाई तिर्न लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Domestic violence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Sarlahi , Local Newspaper - Siraha

0 Comments