Incident Reports

गुन्द्री छोएको भन्दै कुटपीट

2018-01-29

Karnali, Dailekh, Mahabu, Ward 2

महाबु गाउँपालिका–२, बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई गुन्द्री छोएको भन्दै कुटपीट गरिएको छ । महाबु गाउँपालिका–२, बडखोलाको डुंग्री भानेखोलाका ४७ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१, खरीगैरा घर भएका भीमबहादुरका जुवाई २६ वर्षीय नगेन्द्र खत्रीले बिकलाई गुन्द्री छोएको भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् । सोमबार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुर समेत ४ जना बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपीट भएको बिकले बताउनुभयो । कुटपीटको क्रममा पहलको दाहिने आँखामा गम्भीर चोट लागेको छ । जीउभर लात्ती र मुक्काले हानेको भन्दै पीडितले प्रहरीमा उजुरी दिनुभएको छ । उजुरीका आधारमा भीमबहादुर रोकाय र नगेन्द्र खत्रीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments