Incident Reports

तत्काल पक्राउ गरिएका नेता छोड्न मागगर्दै कोणसभा

2018-02-18

दाङको तुलसीपुर, नारायणपुर, पर्सेनी, शान्तिनगर र मौरीघाटमा प्रदर्शनसहित कोणसभा गरिएको जानकारी दिइएको छ। कोणसभाका बक्ताहरुले फागुन ६ गते विराटनगरमा युवाहरुको सम्मेलनमा राज्यले हस्तक्षेप गरि विना कारण गिरफ्तार गरिएका पार्टीका स्थायी कमिटी सदस्य सुदर्शन र पोलिट व्यूरो सदस्य पदम राईलाई विना सर्त तत्काल रिहागर्न माग गरेका थिए । शनिवार तुलसीपुरको पर्सेनीमा भएको कार्यक्रमलाई योङ रेड फोर्सका जिल्लाका अध्यक्ष विरेन्द्र विक,घाइते अपाङबाट इश्वरी पाण्डेले सम्वोधनगर्दै अविलम्व गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ता रिहा नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए । त्यस्तै शान्ति नगरको खिलतपुरमा भएको कोणसभार्लाइ दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य किसन विकले सम्बोधन गर्दैै राज्यले शान्तिपूर्ण रुपमा राजनीति गर्न पाउने अधिकार कुन्ठित गरेको बताए । उनले दमन कायमै राखे जनता विद्रोहमा उत्रने चेतावनी दिए । त्यस्तै देउखुरीको मौरीघाटमा भएको कोणसभालाई मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमप्रकाश पुनले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरका तानासाही सैलीमा चल्न खोजेको आरोप लगाए । शान्तिनगरको खिलतपुरमा भएको कोणसभालाई सम्वोधन गर्दै बबई गाउँपालिकाका सेक्रेटरी निमबहादुर डाँगी र मनोज परियारले ओली सरकारको लोकतन्त्र देखावटी मात्रै भएको पुष्टि भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Dalit , Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments