Incident Reports

इजलासमै कुटिए अन्तर्जातीय जोडी

2018-04-01

Madhes, Saptari, Rajbiraj

अन्तर्जातीय विवाह गरेका एक जोडीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमा कुटपिट गरिएको छ। न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गर्ने भन्दै बोलाएर उनीहरुमाथि कुटपिट गरिएको हो। कञ्चनरुप नगरपालिका ९ रुपनगरका २० वर्षीय मनिष साह र वडा नम्बर ९ धरमपुरकी १६ वर्षीया कविता रामले फागुन २ गते प्रेम विवाह गरेका थिए। भारदहस्थित कंकालिनी भगवती मन्दिरमा उनीहरुको विवाह भयो। तर, परिवारका सदस्य भने यो विवाहबाट सन्तुष्ट छैनन्। पछिल्लो पटक मनिषका वुवा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न भन्दै दुवैलाई न्यायिक इजलासमा बोलाइएको थियो। दुवैलाई अगल गर्ने उद्देश्य पूरा नहुने भएपछि छलफलकै क्रममा केटा पक्षले कुटपिट सुरु गरेको दलित सरोकार मञ्च नेपालका उपाध्यक्ष बच्चु सरबरियाले बताए। सरबरियाले भने, ‘सँगै जीवन बिताउने योजना बनाएर विवाह गरेका जोडीमाथि अन्याय भइरहेको छ। तर, उनीहरुको पक्षमा न त समाज बोल्छ, न त कानुनी संरक्षण छ।’ आफूले कुटाइ खाएको बताउँदै कविताले भनिन्, ‘मनिषलाई कुटपिट गर्न थालेपछि छुटाउन गएकी मलाई पनि सबै मिलेर कुटे।’ न्यायिक समितिकी संयोजक तथा उपमेयर निरु पोखरेलले इजलासमा कुटपिट भएको कुरा आफ्नो जानकारीमा नभएको बताइन्। ‘इजलासमा कुटपिट भएको कुरा गलत हो,’ उनले भनिन्, ‘हामी तीन तलामाथि थियौं, तल के भयो भन्न सक्दिनँ।’ नगरपालिकाको सबैकुरा प्रवक्ता राजकुमार साह मार्फत जानकारी दिने गरेकाले बाँकी कुरा उनैलाई सोध्न भन्दै उपमेयर पोखरेल पन्छिन खोजिन्। इलाका प्रहरी कार्यालय कञ्चरुपका इन्स्पेक्टर डिल्ली चौहानले न्यायिक समितिमा भएको छलफलका क्रममा केटा/केटी दुवै आ–आफनो परिवारसँग बस्ने सहमति भए पनि केटोले परिवारसँग जान इन्कार गर्दा तानातान भएको बताए। सोही क्रममा प्रहरी पुगेकाले कुटपिटकै अवस्था आउन नपाएको चौहानले बताए। यता, केटा पक्षले जसरी पनि दुवैलाई छुटाउने नियत राख्दा दुवैमाथि शारीरिक तथा मानसिक यातना बढेको स्थानीयबासी बताउँछन्। पटक–पटक यस्ता घटना दोहोरिन थालेकाले दुर्घटना हुन नदिन समयमै समस्याको समाधान गर्न उनीहरुले आग्रह गरेका छन्। यस्तो थियो घटना क्रम अनुसार परिवारको सहमतिबिना विवाह गरेका मनिष र कविताले सुनसरीको इनरुवामा गएर घरजम सुरु गरेका थिए। तर, केटाका बुवा शिवनारायणले उनीहरु बसेको स्थान पत्ता लगाएर दुवैलाई जबरजस्ती अलग गराए। पतिलाई जबरजस्ती अलग गराएपछि कविताले इनरुवा प्रहरीमा अपहरणको उजुरी दिइन्। ‘सप्तरीको घटना भन्दै इनरुवा प्रहरीले बेवास्ता गरेपछि सोही निवेदन इलाका प्रहरी कार्यालयमा पनि दिइयो,’ दलित अधिकारका लागि कार्यरत भोला पासवान भन्छन्, ‘तर, प्रहरीले स्टेप चाल्नुभन्दा पहिला नै मनिष भागेर फेरि केटीसँगै बस्न आए।’ इलाका प्रहरी कार्यालयमा पटक–पटक भएको पञ्चायतिपछि विवाहका लागि केटीको उमेर नपुगेको भन्दै दुवैलाई घर परिवारको जिम्मा लगाउने समहमति भयो। तर, केटाले केटी छोड्न नसक्ने जनाऊ दिएपछि केटा पक्षले कुटपिट र डर–त्रास देखाएर अलग गराउन खोजिरहेको पासवानको बुझाइ छ। इलाका प्रहरी कार्यालयमा छलफल भएको विषयमा इन्स्पेक्टर चौहानले असहमति जनाएका छन्। दुवैलाई छुटाउन नसक्ने देखेपछि मनिषका बावुले केटीका बावु विनोदराम विरुद्ध फागुनको तेस्रो साता उच्चअदालत जनकपुर, राजविराज इजलासमा शरीर बन्धक तथा अपहरणको मुद्दा पनि दर्ता गरे। तर, आफूहरु दुवै उपस्थित भएर राजीखुसी विवाह गरेको बयान दिएपछि शारीरिक र मानसिक यातनाका घटना दोहोरिन थालेको कविताले दुखेसो गरिन्। कविता र कविताकी आमा शान्तिदेवी राम दुवैको सहमतिमा विवाह गरेर जीवन निर्वाह गर्न खोज्दा पटक–पटक आक्रमण हुन थालेपछि शान्तिपूर्ण बस्न पाउने वातावरण तयार गरिदिन र जीवन रक्षाका लागि कविताले माग गरेकी छिन्। आफ्नो पेटमा मनिषको बच्चा समेत रहेको जानकारी दिँदै कविताले प्रश्न गरिन्, ‘दलित भएकै कारण ममाथि अन्याय भएको छ, म र मेरो बच्चाको बाँच्न पाउने अधिकार छैन?
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments