Incident Reports

पानी छोएको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी (updated)

2018-04-28

Madhes, Mahottari, Bardibas, Ward 4

(PR) रसाइलीले भने- ‘माईस्थानमा गैरदलितले पानी भर्दा दलितले भर्न पाउँदैनन् र दलितले पानी भर्दा गैरदलितहरूले पालो मिचेर गाईबस्तुलाई खुवाउने भनेर पानी भरेर समस्या खडा गर्छन् ।’ update////////////////////////////////// पानी छोएको निहुँमा कुटिएकी बर्दिवासकी बुद्धमाया बिश्वकर्माले अदालतबाट न्याय पाइन् । जिल्ला अदालतले कुटपिटमा संलग्नेलार्इ कैद सजाय सुनाएको छ भने पीडित बुद्धमाया र उनकी छोरीलार्इ ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको छ । तर, अदालतले फैसला सुनाएको केही दिन ३५ वर्षे बुद्धमायाले आत्महत्या प्रयास गरेकी छन् । मुद्धामामिला गरेको भन्दै समाजले लगातार दबाव दिन चालेपछि उनले आत्महत्या प्रयास गरेकी हुन् । वैशाख १६ गते वर्दिवास नगरपालिका-४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा बुद्धमाया र उनकी १६ वर्षीया छोरी मनिषा बिश्वकर्मामाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्नलार्इ ६ महिना जेल र १० हजार जरिवानाको फैसला भएको छ । तर, त्यसको दुई दिनपछि आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासले भने बुद्धमायाले घरायसी कारण बिष सेवन गरेको जनाएको छ । तर, छोरी मनिषाले भने घटनामा अदालतबाट न्याय पाइसक्दासमेत समाजमा अपहेलित हुनुपरेको आमाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको बताएकी छन् । उनका अनुसार प्रहरीमा जाहेरी दिएदेखि किन मुद्धा मामिला गरेको भन्दै मिल्न दबाव दिइएको थियो । अदालतले फैसला गर्दासम्म गाउँमा मान्छेहरु बोल्नै छाडेको भन्दै मनिषाले अदालतबाट न्याय पाए पनि गाउँ समाजबाट न्याय नपाएको मनिषाले बताइन् । गम्भीर भएकी बुद्धमायाको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारमा भइरहेको छ । उनको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ । जातीय छुवाछुतको घटनामा समाजिक न्याय नपाउँदा महिलाले बिष सेवन गरी आत्महत्याको असफल प्रयास भएको दलित अधिकारकर्मी मिन रहपालले बताए । अदालतले फैसला गरे पनि घटनाको प्रकृति हेर्दा बुद्धमायाले सामाजिक न्याय नपाएको कारण र समाजिक दबाव थेग्न नसकेर बिष सेवन गरेको देखिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments