Incident Reports

दलित विद्यार्थी भर्ना नगरेपछि झापाको संस्कृत विद्यालयमा तालाबन्दी

2018-05-18

Province 1, Jhapa, Bhadrapur

झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विद्या श्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ । इलाम नगरपालिका–५ बर्वोटेका विकास कार्की डोलीलाई गुरुकुलले भर्ना लिन नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार गुरुकुलमा तालाबन्दी गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार कार्की डोलीलाई बिर्तामोडका भूवन भट्टराईले भर्नाका लागि गुरुकुल पु¥याएका थिए । भर्नाका लागि गुरुकुलमा पुगेका उनले संस्कृत विद्यालयको प्रशासनलाई आग्रह गर्दा भर्ना लिन अस्वीकार गरेका थिए । सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हकलाई हनन् नगर्न आग्रह गर्दा पनि गुरुकुलले विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments