Incident Reports

छुवाछुत गरेको आरोपमा दलित परिवारमाथि सामूहिक आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-05-30

Lumbini, Kapilbastu, Maharajgunj

महाराजगञ्ज नगरपालिका-८ सोनवर्षाको ४५ वर्षीय द्रोणबहादुर चमार, १८ वर्षीय छोरा जानुलाल चमार, ३५ वर्षीय भाइ रामविलास चमार, ३० वर्षीय अर्का भाइ राहुल चमार, २२ वर्षीया बुहारी शुभावती चमार र २१ वर्षीया अर्की बुहारी सोनी चमारलाई सोही नपा-८ का ४५ वर्षीय श्रीकान्त यादव सहितको १६ जनाको समूहले छुवाछुत गरेको आरोपमा सामूहिक आक्रमण गरेको भन्दै पीडित पक्षले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । जेठ १६ गते राति चमारको घरमा गई उपल्लो जातका मानिसलाई छोएको भन्दै यादव परिवारले आक्रमणमा गर्दा द्रोणबहादुर चमारको दाहिने हात भाँचिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ । छोरा, श्रीमती र छोरीको टाउको र शरीरमा चोट र निलडाम छन् । पीडितहरूले प्रतिकार गर्ने क्रममा आक्रमणमा संलग्न सुरेन्द्र यादवसहित तीन जना सामान्य घाइते भएका छन् । स्थानीयबासी राममिलन धोबीका अनुसार १३ गते पीडित द्रोण चमार महाराजगञ्जबाट किनमेल गरी घर फर्कदै गर्दा बाटोमा हिँडिरहेका श्रीकान्त यादवलाई द्रोणबहादुर चमारको साइकलबाट ठक्कर लागेको र यादवले किन मलाई छोएको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट चमारको टाउकोमा चोट लागेको थियो । चार दिनपछि चमारको छोरा जानुलालले किन बाबुलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाने बताएपछि श्रीलाल यादवले अब ‘दलितलाई गाउँबाट लखेट्ने’ भन्दै गाउँका राजाराम यादव, मुकेश यादव, सुरेन्द्र यादव र गणेश यादवसहितका १६ जनाको समूह बनाई जेठ १७ गते राति ९ बजे चमारको घरमा गएर सामूहिक आक्रमण गरेका थिए । घटना पश्चात पीडित परिवारले नजिकैको हरदौना प्रहरी चौकीमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलायो तर यादवहरूले दलितहरूलाई प्रहरीकै अगाडि धम्क्याएपछि उनीहरू डरका कारण भागेका थिए । उनीहरू न्याय माग्दै जेठ १८ गते जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले डिएसपी नरेन्द्र कार्कीलाई घटनाबनरे थप बुझेर आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए । डिएसपी कार्कीले जेठ २० गते आफू घटनास्थल गएर बुझ्ने र अनुसन्धान गर्ने भन्दै उजुरी नलिई फर्काए । पीडितले जेठ २१ गते घाउजाँच गरी दोषीलाई कारबाहीको माग सहित पुनः जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । स्थानीय समाजसेवी झिन्कन कुर्मीले दलितहरूमाथि भएको आक्रमण निन्दनीय र प्रहरीको रवैया अझ लज्जास्पद रहेको आरोप लगाए । ‘यो ठूलो सामाजिक अपराध हो । अहिलेको जमानामा छुवाछुतकै कारण कुटपिट हुनु कहाँको न्याय हो ? पाँच दिनदेखि पीडित भौतारिँदै हिँडेका छन् । पीडक खुलेआम घुमेका छन् खै कारबाही भएको ?’-उनले प्रश्न गरे । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाबारे जेठ २१ गते मात्र उजुरी आएको हुँदा अब अनुसन्धान गरी प्रक्रियामा जाने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले पीडित पक्षको उजुरी प्राप्त भइसकेकाले छानविन सुरू हुने बताए । ‘घटना ६ दिन अघिको भएपनि उजुरी भर्खरै आएको छ । छानबिन गरी दोषीलाई कारबाही गर्छौँ ।’-उनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 16
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 2
Youth Injured 2
INSEC

0 Comments