Incident Reports

जातीय विभेद गरेको भन्दै वडा अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

2018-08-12

Madhes, Sarlahi, Bishnu, Ward 2

विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । वडा कार्यालय सहयोगी नागेन्द्र चौधरीले टेबुलमाथि राखेको जगको पानी पीडित रामले खाइरहेको देख्दा वडा अध्यक्ष साहले-‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस्’ भनी गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालेको पीडितको आरोप छ । नेपाल सरकारले दलित बालबालिकालाई कुपोषणबाट जोगाउन प्रत्येक महिना पोषण भत्ता दिने गर्दछ । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न साउन २७ गते वडा कार्यालय जाँदा अफूमाथि जातीय विभेद भएको रामले बताए । जिल्ला प्रहरी कार्यलयका एसपी पोषराज पोखरेलका अनुसार घटनाको उजुरी आएकाले अनुसन्धान भइरहेको छ विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । वडा कार्यालय सहयोगी नागेन्द्र चौधरीले टेबुलमाथि राखेको जगको पानी पीडित रामले खाइरहेको देख्दा वडा अध्यक्ष साहले-‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस्’ भनी गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालेको पीडितको आरोप छ । नेपाल सरकारले दलित बालबालिकालाई कुपोषणबाट जोगाउन प्रत्येक महिना पोषण भत्ता दिने गर्दछ । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न साउन २७ गते वडा कार्यालय जाँदा अफूमाथि जातीय विभेद भएको रामले बताए । जिल्ला प्रहरी कार्यलयका एसपी पोषराज पोखरेलका अनुसार घटनाको उजुरी आएकाले अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Rautahat

0 Comments