Incident Reports

उजुरी दिएको साढे दुई महिना बितिसक्दा पनि दर्ता नगरेको भन्दै विरोध

2018-10-28

Madhes, Siraha, Bishnupur, Ward 2

विष्णपुर गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको घटनाका आरोपित सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले दिएको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित तथा दलित अधिकारकर्मीहरूले कात्तिक ११ गते जिल्ला सदरमूकाम मलङ्गवामा विरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । वडा कार्यालयका सहयोगी नागेन्द्र चौधरीले टेबुलमाथि राखेको जगको पानी पीडित रामले खाइरहेको देख्दा वडा अध्यक्ष साहले चमार जाति भएर यहाँको पानी किन खाएको ? भनी हातपात गर्दै कार्यालयबाट बाहिर निकालेको भन्दै पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । न्याय पाउनको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको र पटकपटक जिल्ला प्रहरी कार्यालय सर्लाही धाए पनि कारबाही प्रक्रिया अगाडि नबढाएपछि दलित समुदाय सहित मानव अधिकारकर्मीहरूलाई गुहार्नु परेको पीडित रामले बताए । संयुक्त दलित सङ्घर्ष समितिको आयोजनमा कात्तिक ११ गते करिब २ हजार दलित समुदायको सहभागितामा जिल्ला सदरमूकाम मलङ्गवाको नगरपरिक्रमा गरी जिल्ला प्रशासनको कार्यालय अगाडि धर्ना दिए । ०७५ आसोज २ गते प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापन पत्र बुझाइसकेको भएपनि वास्ता नगरेकाले आन्दोलन गर्नु परेको सङ्घर्ष समितिका संयोजक राधेश्याम पासवानले बताए । घटना समान्य परिस्थितिको रहेको र समाजिक सद्भाव खल्बल्याउन नदिनको लागी मुद्दा दर्ता नगरिएको भए पनि घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारवाही हुने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न साउन २७ गते वडा कार्यालय जाँदा आफूमाथि जातीय विभेद भएको पीडित रामको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments