2018-12-28
बह्रम्पुरी गाउँपालिका–८ पिरारीका १८ वर्षीय जयनाथ राम चमार एक दलित युवकले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिट मात्रै हैन उल्टो १४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।
ब्रहम्पुरी गाउँपालिका–६ निवासी १८ वर्षीय जयनाथ राम चमार र स्थानीय १७ वर्षीय सल्मा बैठा मुस्लिम सँग एक महिना अगाडिदेखि प्रेम सम्बन्ध कायम राखी भारतको सितामढी जिल्ला बस्दै आएका उनीहरू पुन गाउँ फर्किएका थिए ।
गाउँ फर्केको केही दिनमा निर्वाचित वडा अध्यक्ष श्यामबाबु राय र रघुवीर रायले अपहरणको शैलीमा युवकलाई घरबाट उठाउन लगाएर एकान्त बास घारीमा मरणासन्न हुने गरी गत ९ गते कुटपिट गरेका थिए ।
जयरामलाई कुटपिट गरी निजका बुवा गगनदेव रामसँग १४ लाख रुपियाँको कपाली तमसुक बनाएको पडित परिवारले जानकारी गराउनुभयो ।
पीडितहरूले नेपाल राष्ट्रिय दलित समाज कल्याण सर्लाहीमा निवेदन दिएसँगै घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै, राजेश पासवानको पहलमा जिल्ला प्रहरी कार्यलयमा आज १२ गते पीडितले उजुरी दिएका छन् ।
पीडित जयनाथका अनुसार घटना भएको करिब ३ घण्टापछि उपप्रमुख गीता रायको घरमा बसेर १४ लाख रुपियाँको कपाली तमसुक गरेको बताए । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मलङ्गवाका इन्स्पेकटर कुन्दन देवले जानकारी दिए ।
पचुलाल माझी
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Related to discrimination against Dalits |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Trends of Violence and Contestation in Nepal, September - November 2020
December 29, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
Trends of Violence And Contestation In Nepal, June - August
October 11, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance