Incident Reports

पँधेरोमा पानी भर्दा छुवाछुत गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-01-15

Bagmati, Ramechhap, Khadadevi, Ward 5

खाँडादेवी गाउँपालिका–५ पकरबासकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया अस्मिता रसाइलीलाई पँधेरामा पानी छोएको आरोपमा सोही ठाउँकी ५५ वर्षीया मैया कार्कीले जातीय विभेद गरेको आरोपमा माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध पीडित पक्षले उजुरी दिएको छ ।

पीडितलाई आरोपितले गत पुस २४ गते पँधेरोमा पानी भर्न जाँदा पँधेरो छोएको भन्दै कुटपीट गरी अपशब्द प्रयोग गरेको पीडितको जाहेरीमा उल्लेख छ । कुटाइका कारण पीडितलाई दुई दिनसम्म ज्वरो आएर थला परेको पीडितकी आमा कमला रसाइलीले बताइन् ।

पीडित पक्षले ०७५ माघ १ गते गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेकामा माघ ७ गते मेलमिलापकर्ता राखी छलफल गर्दा विवाद नमिले पछि उजुरीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको थियो ।

पीडित पक्षले माघ ११ गते उजुरी दर्ता गरेको नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ रामेछापमा अध्यक्ष लेखबहादुर बिकले बताए ।

नवराज पथिक


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments