Incident Reports

वडाध्यक्षले जातीय विभेदको मुद्दा मिलाएको आरोप

2019-05-02

Karnali, Dolpa, Thuli Bheri, Ward 11

ठुलीभेरी नगरपालिका–११ रह गाउँका ३८ वर्षीय मनबहादुर बिकलाइ सोही ठाउँका २३ वर्षीय दिपक कार्कीले ‘डुम’लगायतका अपशब्द बोलेर जातीय विभेद गर्दै कुटपिट गरेका घटनामा वडाध्यक्षले जबरजस्ती मिलाएको पीडित पक्षको आरोप छ ।

हिँडिरहेको बेला बाटो छेकेर अनाहकमा आपूmलाई कार्कीले कुटपिट तथा डुमलगायतका अपशब्द बोली अपमान गरेको पीडित मनबहादुर बिकले बताए ।

पीडितलाई आरोपितले अपमानजनक शब्द बोलेर कुटपिट गरेकाले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले राजनीतिक दबाबमा निवेदन नबुझेको पीडित बिकले बताए ।

जिल्ला प्रहरी कार्यालयले निवेदन नबुझेपछि जातीय विभेद विरूद्धको अभियानमा हिँडेका अभियान्तलाई सहयोग माग्न जाने क्रममा ठुलीभेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मी कार्कीले जबरजस्ती वडामा लगेर ठाडो कागज गराएर मिलापत्र गराएको उनले आरोप लगाए ।

नेपालको संविधानले जातीय विभेद विरूद्धको मुद्दा हेर्ने अधिकार क्षेत्र जिल्ला प्रहरी कार्यालयलाई दिएको छ ।

तर, विभिन्न बहानामा प्रहरी आफ्नो जिम्मेवारीबाट भाग्ने गरेपछि पीडितहरु थप पीडित हुने गरेको जातीय विभेद विरूद्धका अभियान्ता लिला टमटाले बताए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अवदेश विष्टले निवेदन आपूm कहाँ आएको तर आपसी सल्लाहामा मिल्छौँ भनेपछि सम्बन्धित वडामा पठाइएको बताए ।

जाति, उत्पत्ति र पेशाको आधारमा कोही कसैलाई विभेद गर्न नपाइने संवैधानिक व्यवस्था भएपनि कार्यान्वयन र नियमनकारी पक्षको फितलो कारवाहीले जातीय विभेदसम्बन्धी ऐन, नियम कागजमा मात्र सीमित रहेको दलित अगुवा मनबहादुर सार्कीले बताए ।


विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
INSEC

0 Comments