Incident Reports

दलितभित्रै जातीय विभेदः वडको छोरी बिवाह गरेपछि गाउँमा बस्नै मुस्किल !

2019-05-13

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

डिलाशैनी गाउँपालिका–३ पंसेराका २८ वर्षीय नरेश दमाई र दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–१ देथलाकी २४ वर्षीया भागरथी वडले ०६७ वैशाख १ गते प्रेम बिवाह गरे ।

भागरथीका बुबाले दार्चुला बसाई सरेपनि उनका अन्य आफन्त गाउँलेहरू सबै डिलाशैनी गाउँपालिका–३ पंसेरामै बस्छन् । जब उनीहरूले प्रेम विवाह गरे तबदेखि उनलाई गाउँमा बस्नै मुस्किल छ ।

हेप्ने त छँदै थियो बेलाबेलामा गाउँलेहरूको कुटाई पनि खानुपरेको छ उनीहरूले । ‘दुवै दलित समुदायकै भएपनि भागरथी र मेरो जात मिल्दैन । उ म भन्दा ठुलो हो । त्यसैले समाजले हाम्रो सम्बन्ध स्वीकार  गरेन ।’–नरेश दमाईले भने ।

विवाह गरेदेखि नै गाउँलेहरूको हिंसा सहन बाध्य भएको पीडितहरूको गुनासो छ । ‘तँ भाँडले हाम्रो  छोरी बाहेक अरू कोही भेटेनस ? भेनेर धम्की दिनुका साथै कुटपिट समेत गर्छन् ।’–दमाईले भने ।

भागरथी र नरेश दुवै दलित समुदायकै हुन् तर दलित भित्रै पनि नरेशको जात भन्दा भागरथीको जात कथित उपल्लो मानिन्छ ।

विगतदेखि भागरथीका माइती पक्षबाट विभेद सहिरहेका नरेश र भागरथीलाई स्थानीय चार जनाले ०७५ चैत २६ गते कुटपीट गरेपछि उनले सहन सकेनन् र जिल्ला र स्थानीय प्रहरी चौकीमा उजुरी दिए ।

प्रहरी चौकीमा घटना नमिलेपछि उनले प्रहरी चौकीमार्फत नै जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिए । उनको मुद्दा ०७६ वैशाख १७ गते जिल्ला अदालत बैतडीमा दर्ता भएको छ ।

स्थानीय प्रहरी र न्यायिक समितिमा त धेरै पटक उजुरी दिएको तर आपूmले न्याय नपाएको उनको गुनासो छ ।

न्यायिक समिति र प्रहरीमा उपस्थित गराउने बेला आज उपरान्त कुटपिट र विभेद नगर्ने भनेपनि फेरि घरमा जाँदा पुरानै व्यवहार दोहो¥याउने गरेको पीडितको भनाई छ ।

पंसेरामा दमाई परिवार एउटा नरेशको मात्रै हो । त्यसैले उनले बढी विभेद खेप्नुपरेको छ । गाउँमा सञ्चालन हुने विभिन्न बैठक, समारोह र अन्य सार्वजनिक काममा समेत आपूmहरूलाई स्थानीयले बन्देज गरेको पीडित भागरथी वड दमाईको भनाई छ ।

‘म दमाईको छोराले वडको छोरी विवाह गरेकै कारण हामीलाई पनि बस्नै गा¥हो छ हजुर ! कतिबेला मारेर चमेलीयामा फाल्छन् भन्ने डर छ ।’–नरेशकी आमा मन्दोदरी दमाईले भनिन् ।

स्थानीय माहादेव मावि पंसेरामा निजी श्रोतको शिक्षक पदमा कार्यरत नरेश दामाईलाई वैशाख १ गते विद्यालयबाट समेत निस्काशन गरेको पीडितको गुनासो छ ।

‘यो ठाउँमा मेरो एक्लो परिवार छ । वड समुदायको बाहुल्यता छ । त्यसैले गाउँपालिका र जनप्रतिनिधिहरूले पनि मेरो समस्यालाई बुझ्नुभन्दा पनि उनीहरूले नै भनेको कुरा मान्छन् ।’–पीडित भागरथीले भनिन् ।

हाल नरेश, नरेशकी पत्नी भागरथी र नरेशकी आमा मन्दोदरी गाउँबाट विस्तापित भएर सदरमुकाममा बस्दै आएका छन् ।


नरी बडु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
INSEC

0 Comments