Incident Reports

कुवाको पानी खाएको निहुँमा कथित उपल्लो दलितले कुटपिट गरेको आरोप

2019-06-06

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 8

दोगडाकेदार गाउँपालिका–८ सैनीमा कुवाको पानी खाएको निहुँमा स्थानीय २८ वर्षीया तुलसी सार्की माथि उपल्लो दलित समुदायकी महिलाद्वारा कुटपीट भएको आरोप छ । कुवामा पानी खाएको निहुँमा स्थानीय ३२ वर्षीया सीता पार्कीले कुटपिट गरेको पीडितको भनाई छ ।

छोराले पार्की समुदायको कुवामा पानी खाएपछि आफूमाथि कुटपिट भएको पीडित पक्षको आरोप छ । खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शङ्कर सार्कीले बताए ।

दलित भित्र तल्लोजाती भनेर विभेद गर्ने गरेकै कारण कुटपिट भएको उहाँको आरोप छ । जेठ २३ गते दिउँसो घटना भएको भएपनि जेठ २४ गते खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको हो ।

प्रहरीले भने कुटपिट भएको भन्ने निवेदन आएको तर जातीय विभेदको कुरा निवेदनमा उल्लेख नभएको जनाएको छ । तुलसीको पाखुरा र आँखानिर घाउ भएको तुलसीका देवर शङ्करले बताए ।

‘घाइते तुलसीलाई धेरै चोट छैन । कुवा फोहर गरेको भन्दै विवाद हुँदा झगडा भएको भन्ने निवेदन परेको छ । दुवैको सहमतिमा उपचारका लागि धनगढी जाने र उपचार गरेर आएपछि मिलापत्रका लागि थप प्रक्रिया गर्ने सहमति भएको छ ।’–खोचलेक प्रहरी चौकीका असई दशरथ भट्टराईले भने ।

डिलाशैनी गाउँपालिका–३ का नरेशराम दमाई पनि दलितभित्रैको विभेद सहन नसकेर विस्थापित भई परिवार सहित सदरमुकाम बस्दै आएका छन् ।

दलित गैरदलित मात्रै नभएर दलित–दलित भित्रै पनि जातीय विभेद रहेको स्थानीय पत्रकार गोकर्ण दयालको भनाई छ ।


नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments