Incident Reports

जातीय विभेद घटनाका पीडितद्वारा न्यायिक समितिमा उजुरी

2019-06-13

Gandaki, Lamjung, Marsyangdi, Ward 9

मस्र्याङ्दी गाउँपालिका–९ की ४६ वर्षीया डुलमाया बिकलाई सोही ठाउँकी ५० वर्षीया स्वास्थ्य स्वयम्सेविका राममाया सुवेदीले जातीय विभेद गरेको भन्दै पीडित पक्षले गाउँपालिकास्थित न्यायिक समितिमा जेठ ३० गते उजुरी दिएको छ ।

पीडित बिकलाई सुवेदीले जेठ २९ गते सार्वजनिक कार्यक्रममा नै जातीय विभेद जनाउने शब्द प्रयोग गरी गालीगलौज गरेको भनी पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक होमबहादुर बिकले बताए ।

आफूलाई पहिल्यैदेखि आरोपित सुवेदीले सार्वजानिक स्थान, कुवा, पानी पँधेरो र मेलापातमा समेत विभेद गर्ने गरेको पीडित बिकले उजुरी दिने क्रममा बताइन् ।

न्यायिक समितिका संयोजक बिकले सो मुद्दा आफ्नो क्षेत्रधिकार भन्दा बाहिरको भएकोले जिल्ला प्रहरी कार्यालय, लमजुङमा सिफारिस गर्ने जानकारी दिए ।

उजुरीकर्ता पीडित पक्षलाई प्रहरीकोमा जान र समन्वय गरी कानुन अनुसार सजाय दिलाउन आफूले सक्दो सहयोग गर्ने उपाध्यक्ष प्रतिबद्धता व्यक्त गरेका छन् ।


दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
INSEC

0 Comments