Incident Reports

जातीय विभेदविरूद्ध दलित अधिकारकर्मी आन्दोलित

2019-06-18

Lumbini, Gulmi, Dhurkot, Ward 5

धुर्कोट गाउँपालिका–५ को वस्तुमा भएको जातीय विभेदको विषयलाई लिएर दलित अधिकारकर्मीले विरोध जनाएका छन् ।

जनविकास केन्द्रले सञ्चालन गरेको ज्येष्ठ नागरिक दिवा खाजा सेवा केन्द्र र कालिका मन्दिरमा भएको जातीय छुवाछुत घटनाको विरोधमा दलितसम्बद्ध विभिन्न सङघसंस्था र अधिकारकर्मीले ध्यानाकर्षण भएको जनाएका छन् ।

घटनालाई लिएर दलित साझा मञ्चसहितका १० ओटा दलित सङ्घसंस्थाले असार ७ गते विज्ञप्ति समेत जारी गरेका छन् ।

गत जेठ २१ गते दिवा खाजा सेवा केन्द्रमा दलित बृद्धबृद्धाले खाएको भाँडा नउठाएको तथा असार ३ गते स्थानीय कालिका मन्दिरका पुजारीले दलितका बालबालिकालाई पातमा अलग्गै टीका दिएको विषयलाई लिएर विरोध सुरू भएको दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले बताए । उनले विज्ञप्तिमार्फत घटनाका दोषीहरूलाई छिटोभन्दा छिटो कारवाहीको माग गरिएको बताए ।

दलितले कोठा पाउनै समस्या

सदरमुकाममा दलित समुदायले कोठा नपाउने गरेको गुनासो गरेका छन् । दलित अगुवा गणेश विश्वकर्माले सदरमुकाममा दलित भएकै कारण कतिपय विद्यार्थी र कर्मचारीहरूले कोठा नपाएका उदाहरणहरू आपूmहरूसँग रहेको बताए ।

गत वर्ष जिल्ला शिक्षा समन्वय एकाई गुल्मीका विद्यालय निरीक्षक झविलाल बिकले कोठा नपाएकै कारण मन्त्रालयमा सरूवा मागेका थिए ।

उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा सदरमुकाममा जातीय छुवाछुतको कारण कोठा नपाएको तथा बालबालिकाको पढाई समेत प्रभावित बनेको उल्लेख गरेका छन् ।

‘जातीयताका कारण कोठा नपाउँदा धेरै पीडा भोगेकाले मन्त्रालयमा पत्र लेखेको हुँ ।’–उनले भने–‘सरूवा भएन । बिडम्बना उस्तै छ । जेनतेन व्यावस्थापन गरे ।’

उनी तम्घासको खानीगाउँमा चार वर्ष एउटै घरमा बसे । उनले त्यो घरको नाम गोप्य राखे । त्यो घरका घरबेटीलाई दलितलाई घरमा राखेको भनेर छिमेकीले निम्तोमा बोलाएनन् ।

त्यो मात्रै होइन, घरबेटीले राखेको मासु पसलसमेत बन्द हुने स्थिति आएपछि आफूले त्यो घर छोडेको बताए ।

‘मैले घरबेटीका लागि कोठा छोड्ने निर्णय गरेँ । तर, ६ महिना कोठा पाइनँ ।’–उनले भने–‘धेरै पीडाले कहिलेकँहि जागिर नै छोड्नेसम्मको सोच आउँथ्यो ।’ उनले ठुलै दलका नेतादेखि क्याम्पस पढाउने प्रध्यापकको परिवारमा समेत छुवाछुतको मानसिकता रहेको आरोप लगाए ।


टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
INSEC

0 Comments