Incident Reports

पोखरामा पाँच नर्स पक्राउ, सहकर्मीलाई जातिय गालीगलौज गरेको आरोप

2019-05-31

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 15

सहकर्मीलाई जातिय गालीगलौज गरेको आरोपमा पोखराका पाँच नर्स कानुनी फन्दामा परेका छन्। प्रहरीले उनीहरूलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कुसरमा मुद्दा लगाउने तयारी गरेको छ। कसुर प्रमाणित भएमा उनीहरूलाई दुई वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

पोखरास्थित फेवा सिटी अस्पतालकी नर्स शान्ति परियारलाई जातिय गालीगलौज गर्ने पाँच नर्सलाई प्रहरीले २२ असारमा पक्राउ गरेको हो। सोही मुद्दामा मुछिएकी अर्की एक चाहिं फरार छिन्।

परियारलाई फेसबुक ग्रुप बनाई अश्लील शब्द प्रयोग गरी गाली तथा जातीय विभेद गरेको आरोप ती नर्समाथि छ। सोमबारसम्मको दोस्रो पटकको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिसपपी राजकुमार केसीले बताए ।

‘फेसबुकमा ग्रुप च्याटमा जातीय भेदभावको कुरा उठान गरी गालीगलौज गरेको उजुरीका आधारमा पाँच जनालाई पक्राउ गरेका हौं भने एक चाहिं फरार छिन्’ उनले भने।

आरोपित नर्सहरू फेवा सिटी अस्पतालमा कार्यरत सुष्मा थापा, सुस्मिता कुँवर, सिमाना मल्ल, सुष्मा गुरुङ र निर्मला थापा पक्राउ हुन् । इशा चाहिं फरार छिन्।

पीडित परियारले सुरुमा अस्पताल प्रशासनसँग गुनासो गर्दा सुनुवाई नभएपछि प्रहरीकहाँ उजुरी गरेको बताइन्।

अस्पतालमा गुटबन्दी गरेर आफूविरुद्ध अश्लील गालीगलौज गरेकाले उजुरी दिनुपरेको उनको भनाई छ। उनलाई संयुक्त दलित संघर्ष समितिले समेत साथ दिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments