Incident Reports

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-07-01

Gandaki, Gorkha, Gorkha, Ward 5

गोरखा नपा-४ पीपलथोककी ३९ वर्षीया मोनिका बिकलाई जातीय विभेद गरेको आरोपमा गोरखा नपा-५ पदेलथोककी ५२ वर्षीया पम्फा श्रेष्ठविरूद्ध पीडितले असार १६ गते प्रहरीमा उजुरी दिएकी छन् ।

गोरखा नपा-५ पिपलथोकको माने पानी धारामा असार १६ गते पानी खान गएकी मोनिकालाई पानी छोएको भन्दै श्रेष्ठले कुटपिट गरेको प्रत्यक्षदर्शी दिपक सुनारले बताए ।

सुनारका अनुसार श्रेष्ठले कपाल समातेर कुटपिट गर्दा बिकको गर्दनमा चोट लागेकोले गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

काँक्रा बेचेर फर्कँदै गरेकी बिकले धारामा भरिएको गाग्री झिकेर पानी खान लाग्दा भनाभन भएपछि विवाद बढेको थियो ।

आरोपित श्रेष्ठले भने सामान्य विषयमा भनाभन हुँदा बिकले तथानाम गाली गरेपछि घटना भएको बताएकी छिन् ।

घटनाका बारेमा असार १७ गते आरोपितलाई प्रहरीमा झिकाएर अनुसन्धान गरिने, जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments