Incident Reports

पानी छोएको निहुँमा मरणासन्न हुनेगरि कुटपिट, प्रहरीले पनि सहयोग गरेन पिडितलाई

2019-04-24

Karnali, Dailekh, Narayan, Ward 10

नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ ।

पछिल्लो पटक दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला कुटिएकी छिन् । नारायण नगरपालिका, १० भवानीकि ३५ वर्षीया लछिमा सुनारलाई धारामा गाग्रो छोएको भन्दै स्थानीय राजकुमारी न्यौपानेले निर्धातरुपमा कुटपिट गरेकी थिइन् ।

यो घटना गत बैशाख ११ गते भएको थियो । तर, अहिलेसम्म आरोपित न्यौपानेलाई कुनै कारवाही नभएको पीडितको गुनासो छ । पीडत सुनारले आफुमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा दर्ता गराएकी थिइन् ।

मुद्धा दर्ता गराए पनि प्रहरीले अपराधीलाई पक्राउ नगरेको पीडितको आरोप छ । यता, आरोपित राजकुमारी न्यौपाने फरार भनिएको कारण पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ ।

आरोपीलाई पक्राउ गरि कानुनी कार्वाही गर्नुको साटो राजनीतिक दल र जनप्रतिनिधिहरु घटनालाई मिलापत्रमा टुङ्ग्याउनका लागि यतीबेला छलफमा जुटेका छन् ।

नारायण नगरपालिकाका वडाध्यक्ष लोकबहादुर थापाले भने आफुहरुले मिलापत्रको लागि दवाब नदिएको बताएका छन् । कुराकानीमा वडाध्यक्ष थापाले पीडितहरु नै मिल्न खोजेको बताए ।

‘घटनालाई दुबै पक्षमार्फत खुकुलो बनाउने प्रयास भएको छ’उनले भने । तर, पीडितलाई आर्थिक लोभमा पारेर घटनालाई सामसुम पार्न खोजिएको प्रष्ट देखिन्छ ।

यो विषयमा कुराकानी गर्न खोज्दा वडाध्यक्ष थापाले मिलापत्र गर्न नखोजिएको तर पीडितलाई कसरी क्षतिपुर्ती प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘पीडितले न्याय र पीडकले प्रचलित कानुनअनुसार कारवाही भोग्नुपर्छ ।’

-दियो पोष्टबाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments