Incident Reports

विभेद गर्ने पुजारीले माफी मागे

2019-06-18

Lumbini, Gulmi, Dhurkot, Ward 5

केहि दिन अघि गुल्मीको धुर्कोट गाउँपालिका स्थित एक मन्दिरमा जातिय विभेद गर्ने पुजारीले माफी मागेका छन् । धुर्कोट गाउँपालिका–५, वस्तुमा रहेको कालिका मन्दिरका पुजारी झविन्द्र पोखरेलले आगमी दिनमा जातिय विभेद नगर्ने भन्दै असार ३ गते विहान वडा सदस्य टिकाराम विश्वकर्माका ५ महिनाका नाती ग्रेशन विश्वकर्मालाई अलग्गै टिका दिएर विभेद गरेको प्रति माफी मागेका हुन् ।

दलित अनलाईन डटकमले साउन ३ गते मन्दिरमा जातिय विभेद गर्ने पुजारीकाे समाचार प्रकासित गरेको थियो ।

उक्त दिन नाति गे्रशनलाई लिएर सीता विश्वकर्मा त्यस मन्दिरमा गएकी थिईन् । अरु बालबलिकालाई मन्दिर भित्र राखेर टिका लगाई दिएको र ग्रेशनलाई अलग्गै दुनामा टिका अक्षता दिएको प्रति सीता विश्वकर्माले विरोध जनाएपछि घटना बाहिर आएको थियो ।

घटना बाहिर आए लगत्तै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्रीको ध्यानकृष्ट भएको थियो । उनीहरु दुवै जनाले आईतवार दुबै पक्ष बीच छलफल गराई आगामी दिनमा कसैप्रति जातिय विभेद गरिए कानुन अनुसार कार्बाही गरिने चेतावनी दिईएको थियो ।

‘त्यस मन्दिरमा मात्र होईन धुर्कोटका कुनै पनि स्थानमा जातिय विभेद भएको पाईए हामी कानुन अनुसार कार्बाहीका लागि सिफारिस गर्नेछौं , –गाउँपालिका प्रमुख पोखरेलले भने–‘वस्तुको कालिका मन्दिरमा भएको जातिय विभेदका सम्वन्धमा हिजो दुबै पक्षलाई जुटाएर त्यस मन्दिरमा पुजा ब्यवस्थापन समितिले सबैलाई टिका लगाई दिने सहमति गराईएको छ । ’

वस्तुको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा वडाध्यक्ष डुण्डिराज भण्डारी, वडा सदस्य नरहरी भण्डारी, वडाहरु सदस्य विष्णुमाया भण्डारी, सरस्वती विक सुनार , त्यस मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली र पीडित पक्ष बसेर अब देखि व्यवस्थापन समितिले जुनसुकै बेला सबैलाई टिका लगाई दिने र अन्य जातिय विभेद हुने कुनै प्रकारको क्रियाकलाप नगरिने लिखित सहमति भएको वडा सदस्य टिकाराम विश्वकर्माले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
National/Online Media

0 Comments