Incident Reports

जनप्रतिनिधिलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-09-04

Gandaki, Lamjung, Besishahar, Ward 10

सीशहर नगरपालिकाका कार्यपालिका सदस्य ४८ वर्षीय देवबहादुर गहतराजलाई कुटपिट गरेको आरोपमा प्रहरीले बेसीशहर नपा–१० बस्ने ५२ वर्षीय रुद्रबहादुर थापालाई प्रहरीले भदौ १९ गते बेसीशहर बजारबाट गिरफ्तार गरेको छ ।

आरोपित थापाले भदौ १८ गते बेलुकी गहतराज नगरपालिकाको कार्यालयबाट घरमा गइरहेको अवस्थामा आक्रमण गरेको भन्दै पीडितले सोही समय जिल्ला प्रहरी कार्यालय, लमजुङमा खबर गरेका थिए ।

आरोपित थापाले सानो जातको मान्छे हिरो बन्छस् ? भनेर जातीय विभेद जनाउने शब्द प्रयोग गर्दै आफूमाथि कुटपिट गरेको भनी पीडितले भदौ १९ गते दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रवीन्द्रमान गुरुङले बताए । आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको डिएसपी गुरुङले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका सदस्य समेत रहेका गहतराजको घाँटी, देब्रे गोडा र हातमा समस्या भएको पीडित पक्षले जनाएको छ ।

जिल्ला सामुदायिक अस्पतालका डाक्टर प्रकाश साहुले अस्पतालमा एमरआरआइ मेशिन नभएकोले भदौ १९ गते काठमाडौँ रिफर गरिएको जानकारी दिए ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments