Incident Reports

‘वडाध्यक्षले डुम भन्दै कुटे, उजुरी गरेपछि मार्ने धम्की आयो’

2019-10-12

Karnali, Rukum West, Chaurjahari, Ward 3

रुकुमका वडाध्यक्षले अपमान गरी कुटेको भन्दै एक दलित परिवारले कारबाहीका लागि माग गरेको छ।  रुकुमको चौरजहारी नगरपालिका ३का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेको परिवारले जनाएको छ। 

न्याय माग्दा उल्टै मार्ने धम्की आएको भन्दै परिवारले दोषीमाथि कारबाहीको माग गरेको छ। 

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेनलमा गोविन्दले भने, ‘मलाई डुम ड्यांग्रा भन्दै कुटपिट गरियो, ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ।’ 

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा वडाध्यक्षले गालीगलौज गरी कुटपिट गरेको उनले सुनाए। उनले भने ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ।’

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब दिइएको उनले बताए। कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेको गोविन्दको भनाइ छ। 

गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिइए पनि आफू न्यायका लागि लड्ने उनले अठोट गरे। उक्त कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरे।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments