2019-06-05
जिल्लाको डिलाशैनी गाउँपालिका-३ पङसेरामा २०६७ सालअघिसम्म मन्दोदरी दमाईको परिवार राम्रोसँग बसिरहेको थियो।२०६७ सालमा मन्दोदरीका छोरा नरेशले गाउँकै भागरथी ओडसँग प्रेम विवाह गरेपछि उनका दुःखका दिन सुरु भए।
दमाईको छोराले ओडको छोरीसँग विवाह गरेको भन्दै माइती पक्षले गाउँमा बस्न नदिएपछि नरेशको परिवार अहिले सदरमुकाममा भौतारिरहेको छ।'हाम्रो छोरी किन भगाएको भन्दै पटक-पटक कुटपीट गरे। रातिको समयमा पनि घरमै आएर कुटपीट गर्न थाले। गाउँमा बस्न सक्ने स्थिति नभएपछि घर छोडेर न्यायको खोजिमा यहाँ आएको हुँ, 'नरेशले अन्नपूर्णसँग भने,' देश जातीय छुवाछुतमुक्त घोषणा भइसक्दा पनि ममाथि तल्लो जातको दलित भन्दै अन्याय भएको छ।'
२०६७ सालयता पटक-पटक कुटपीट हुने भएपनि गाउँमै मिलाउँदै बस्दै गरेको नरेशले गुनासो गरे। 'ससुराले माने पनि गाउँलेले त भाँडले हाम्रो छोरी लाने भन्दै गालीगलौज र कुटपीट गर्न थालेपछि घर छोडेर सदरमुकाम बस्न बाध्य भएको हुँ,' उनले भने।
आमा,श्रीमती, छोरा र बहिनीसहित सदरमुकामको एक होटेलमा बसिरहेका नरेशले आफूलाई दैनिक छाक टार्न समेत समस्या भएको बताए। उनको परिवार यही जेठ १ गतेबाट पूर्णरुपमा विस्थापित भएको हो। उनले होटेलमा बसेर परिवा पाल्न नसक्ने स्थिति भएपछि दुई छोरीलाई दिदीको जिम्मा लगाएका छन्।
गाउँमा पसल सञ्चालन गरिरहेको र गाईवस्तु पालेर आत्मनिर्भरताको बाटोमा लागिरहेका बेला गाउँलेले बस्न नदिएको नरेशकी श्रीमती भागरथीले गुनासो गरिन्। उनले भनिन्, 'हामीभन्दा तल्लो जातसँग पोइल जाने भन्दै माइती पक्षका गाउँलेले पटक पटक कुटपीट गरे। गाउँमा बस्नसक्ने अवस्था नभएपछि विस्थापित हुनु परेको हो।'
गाउँलेले आफूलाई समेत कुटपीट गरेको नरेशकी आमा मन्दोदरीले बताइन्। उनले भनिन्, 'घर जानै डर लागेको छ। कान्छो छोरो गाउँमै छ। उसले यता नआउनु खतरा छ, भनिरहेको छ।कसरी घर फर्कने?'
२०७४ सालदेखि गाउँनजिकैको महादेव माविका शिक्षक नरेशलाई जागिरबाट समेत निकालेको उनले गुनासो गरिन्। 'आफूभन्दा ठूलो जातको छोरीसँग विवाह गरेकै कारण मेरो छोरालाई जागिरबाट निकालियो' उनले भनिन्,' मेरो छोराले के नै गल्ती गरेको थियो र?'
यो विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले केही दिनअघि राजनीतिक दल, दलित अधिकारकर्मी र अन्य सरोकारवालासँग छलफल गरेको बताए। उनले नरेश दमाइको केसमा गम्भीर रुपमा छलफल भएको बताए।उनले भने, 'छलफलका क्रममा विभिन्न कुरा उठेका छन्। हामीले नरेशलाई गाउँमै बस्ने वातावरण मिलाउने विषयमा नै छलफल गरेका छौं। घटनाले अदालतमा प्रवेश पाइसकेकाले थप विषयमा छलफल गर्न मिलेन।'
नरेशलाई विद्यालयबाट अवकाश दिनुको कारणसहित अवकाश पत्र विद्यालयलाई पठाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।उनले नरेशको श्रीमतीले सञ्चालन गरेको पसलबाट धेरैले उधारोमा खाएर रकम नदिएको पनि भेटिएको छ।उनले भने,' सात दिनभित्र सो उधारो रकम असुल गर्नु भनेका छौं।' नरेशलाई विद्यालयबाट निकाल्नुको कारण माग गरिएको र सुरक्षा चाहिएको खण्डमा सुरक्षा दिने निर्णय गरिएको पौडेलले बताए।
Trends of Violence and Contestation in Nepal, September - November 2020
December 29, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
Trends of Violence And Contestation In Nepal, June - August
October 11, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance