Incident Reports

चुलाे छुन आएकाे भन्दै धम्की दिने होटल संचालक पक्राउ

2020-02-17

 काठमाडौं, फागुन ७- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा न. ८ लामोसाँघुको सन्तोषी होटलका मालिक जातीय विभेद गरेको आरोपमा पक्राउ परेका छन् ।पिडित भनिएका मनिक गहतराजले आफुमाथि छुवाछूत र अमानवीय व्यबहार भएको भन्दै इलाका प्रहरी कार्यालयमा फागुन ६ गते जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऎन २०६८ अनुसार जाहेरी दर्ता गराएका थिए ।फाल्गुन ५ गते बिहान खाजा खान भनेर नजिकैको सन्तोषी होटलमा गएका मनिकलाई होटलमा चिया खाएर निजकी श्रीमति पार्वती कार्कीलाई पैसा दिने क्रममा संचालक नेत्र बहादुर कार्कीले कामी भएर चुलो नजिक आउन पाइदैन नत्र नराम्रो होला भन्दै धम्काउदै दुव्र्यवहार गरेका थिए ।पिडित गहतराजले इलाका प्रहरी कार्यालयमा फाल्गुन ६ गते उजुरी दर्ता गराएपछि साँझ प्रहरीले पक्राउ गरेको हो ।जातीय तथा अन्य छुवाछूत तथा भेदभाव(कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिनादेखि तिन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ।आरोपीलाई पक्राउ गरि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज नबराज न्यौपानेले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments