Incident Reports

जातीय विभेद घटनाका आरोपित विरुद्व उजुरी दर्ता

2020-03-12

Karnali, Kalikot, Naraharinath, Ward 7

नरहरिनाथ गाउँपालिका–७ निवासी सोही वडाका वडाध्यक्ष ३६ वर्षीय दलबहादुर विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै चैत ४ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको छ ।

आफूलाई सोही ठाउँका ५० वर्षीय दलबहादुर बुढाले जातीय छुवाछुत भेदभाव गरेको वडाध्यक्ष विश्वकर्माले आरोप लगाउनु भएको हो ।

आरोपित बुढाले फागुन २९ गते वडा कार्यालयमा पीडित विश्वकर्मालाई डुम भन्दै हातपात तथा गाली गलौज र जातीय विभेदित शब्द प्रयोग गरेको पीडितले आरोप लागउनु भएको छ ।

कार्यालय समयमा वडा कार्यालयमै डुम वडाध्यक्ष भएदेखि धारो पधेरो छुने, घरभित्र पस्ने भन्दै गाली गलौज गर्नुका साथै हातपात समेत गरेको पीडित विश्वकर्माले बताउनु भयो ।

वडाध्यक्ष विश्वकर्माका अनुसार पूर्व प्राविधिक सहायक समेत रहेका आरोपित बुढाले कार्यालयमा वडाध्यक्षकै कार्यकक्षमा आई कुटपिट गर्नुका साथै जातीय भेदभावको शब्द प्रयोग गरेको आरोप लगाउनु भयो ।

जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवहारसम्बन्धि जाहेरी आएकाले आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामवावु ओलियाले बताउनु भयो ।

आरोपित बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिनु भएको छ ।

नेपालको संबिधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था रहेको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

 

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments