Incident Reports

जातीय भेदभाव तथा छुवाछुत घटनाका आरोपित गिरफ्तार

2020-03-24

Bagmati, Sindhupalchok, Melamchi, Ward 9

अन्तरजातीय विवाह गरेको भन्दै बुबाको काजक्रिया गर्दा सामाजिक बहिस्कार गरी जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा मेलम्ची नगरपालिका–९ ज्यामिरेका ६२ वर्षीय रमेश कुइकेललाई ०७६ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आफूलाई जातीय भेदभाव तथा छुवाछुत गरी बुबाको काजक्रिया गर्न नदिएको भन्दै मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेम भुजेलले ०७६ चैत ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिनु भएको थियो ।

बुबा दिर्गबहादुर भूजेलको मृत्युपछि ०७६ फागुन २१ गते काठमाडौँबाट मेलम्ची घाटमा पुग्दा पीडितलाइ दलितसँग विवाह गरेले बुबाको सतगतमा सङ्लग्न नगराउन आरोपित पण्डितले आदेश गरेको प्रहरीले जनाएको छ  ।

नातिबावु धिताल 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments