Incident Reports

जवान छोरा गुमाएर विछि’प्त यो परिवारमाथि जातिय विभेद, ‘तिमीहरु कामी हौ’ भनेर किरिया बस्ने घर समेत दिइएन

2020-04-08

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा । समर वहादुर सुनार दुवईमा थिए । पोखरावाट वैदेशिक रोजगारीका लागि दुवईमा गएका थिए । तर उनको दुवईमै निधन भयो । उनको निधनको खास कारण खुलेको छैन । त्यहाँवाट पठाएको पत्रमा भाइलाई ४ वटा रोग लागेको देखाइएको समरको दाईले बताए । समरको आफन्त पनि वैदेशिक रोजगारीको लागि दुवईमा रहेका कारण निधन भएको ११ दिनमा उनको दुवईमै दाहसंस्का र गरियो ।

दुवईमै दाहसंस्का र भएपनि नेपालमा उनको नाममा गरिने किरिया का विषयमा भने गाउँमा विवाद उत्पन्न भएको छ । एकातिर भाई गुमाउनुपरेको पीडा छ भने अर्को तर्फ उनको परिवारले किरिया बस्ने ठाउँ पनि पाएनन् । उनीहरु बसेको ठाउँ नजिकै यस्तै विपतको बेलामा बस्ने किरिया घर पनि छ । जसलाई सबैले प्रयोग गर्छन तर दाई मोहनवहादुर सुनार भाइएको किरिया सोही घरमा बसेर गर्छु भन्दा पाएनन् ।

उनी कथित तल्लो जातको भएका कारण आफुले त्यो सुविधा नपाएको बताएँछन् । उनले भाईको उता निधन भएको थाहा पाएपछि मोहनवहादुरले चैतको २६ गते नै त्यो समाज घरको साँचो मागे । घर लामो समय बन्द भएका कारण फोहर होला सफा गर्नुपर्ने अवस्था भएका कारण उनले साँचो मागेका थिए । तर उनलाई साँचो नै दिएनन् । साँचो माग्दा समाज घरका सदस्यहरुले अनेक आनाकानी गरे । सबैसँग गुहार माग्दा पनि उनले किरिया बस्ने घर पाएनन् ।

आफुलाई केही ब्यक्तिले यो बाहुन क्षेत्रीले बनाएको घर हो कामीलाई बस्न दिइन्न भनेर भनेको मोहनले बताए । उनले सोही विषयमा गाउँका अन्य ब्यक्ति आफुसंग विवाद गर्न आएको बताए । एकातिर भाई गुमाउनुको पीडा बोकेको मोहन माथि गाउँले नै त्यसरी आ’क्रम णगर्न आएपछि निकै दु ख लागेको बताए । उनले घरभित्र बस्न दिन्नौं, वाहिर अर्को छाप्रो बनाएर बस भनेर भने, उनले भने, म जातिय विभेदको पाठशाला बनाउन चाहन्नथें त्यही भएर म मानिन ।

उनले यस्तो वेलामा पनि आफु माथि पटक-पटक गाउँले झगडा गर्न आइरहने बताए । स्थानियले समाजघरमा बस्न नदिएपछि अहिले उनको परिवार आफ्नै घरमा किरिया बसेका छन् । किरियापुत्री भवन (समाज घर) मा बस्न नदिएपछि घरमै बसेको उनीहरुलेब बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments