Incident Reports

जातिय विभेद घटनाका आरोपित गिरफ्तार

2020-04-30

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

जातिय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने जनक थापा, देव बहादुर थापा र राम वि.सी.लार्ई प्रहरीले वैशाख २३ गते घरबाट गिरफ्तार गरेको छ ।

आरोपितले पोखरा मनपा–१६ मा रहेको क्रियापुत्री घरमा दलित समुदायलाई रोक लगाइएको भन्दै पीडित मोहन सुनारले प्रहरीमा वैशाख १८ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए ।

आरोपितले दलित समुदायलाई काजकिरिया बस्न दिन मिल्दैन भनी ४९ वर्षीय दाजु सम्मर बहादुर सुनारको काज क्रिया गरिरहेका पीडित मोहन सुनारलाई घरमै पुगी छुवाछूत जन्य जातिय अपमान, गाली र धाकधम्की दिँदै सामुदायिक क्रियापुत्री घरमा निषेध गरेको पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले आरोपितहरुलाई गिरफ्तार गरी वडा प्रहरी कार्यालय बगरमा राखिएको जानकारी दिनुभएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments