Incident Reports

अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद

2020-05-08

Lumbini, Palpa, Bagnaskali, Ward 1

पाल्ला– अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।

यही वैशाख २६ गते ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उनकी श्रीमती सरिता नेपालीलाई छाप्रो बनाएर राखिएको छ ।

चौध वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिनसमेत रोक लगाइएको थियो ।

काजक्रियाका लागि घर नजीकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाएलगत्तै शनिबार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन् ।

‘अन्तरजातीय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइँदैन, घरभित्रै अरु सरहसँगै राख्न भनेको छु,’ अध्यक्ष बस्यालले भने ।

श्रेष्ठका तीन भाइ दाजुभाइमध्ये दुई भाइ विदेशमा छन् । उनलाई अन्तरजातीय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल आएपछि मात्र पार्थिव शरीरमा दागबत्ती दिइएको थियो ।

अन्तरजातीय विवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आएका छन् । पोखरामा गाडीमा सहचालकको काम गर्ने श्रेष्ठका श्रीमती र दुई सन्तति छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
National/Online Media

0 Comments