Incident Reports

जनप्रतिनिधिले जातीय विभेद गरेको पीडित पक्षको आरोप

2020-05-20

Province 1, Panchthar, Hilihang, Ward 7

हिलिहाङ गाउँपालिका–५ का ३७ वर्षीय वीरबहादर उपरकोटीले जनप्रतिनिधिले जातीय विभेद गरेको आरोप लगाउनु भएको छ ।

हिलिहाङ गाँउपालिका–७ का वडाध्यक्ष ६५ वर्षीय लक्ष्मीप्रसाद सुहाङले जेठ ७ गते बैकठमा बोलाएर गाली गलौज गर्दै दुर्व्यवहार गरेको वीरबहादुर उपरकोटीले बताउनुभयो ।

नेपाली काँग्रेस हिलिहाङ गाउँपालिका–७ का वडा सचिव उपरकोटीले वडा कार्यालयलको भवन बनाउने विषयमा आमन्त्रण भएपछि पाटीको तर्फबाट बैठकमा सहभागी हुन पुगेको अवस्थामा आरोपितले गाली गलौजसहित दुर्व्यवहार गरेको बताउनु भयो । “पाटीको निर्देशन अनुसार वडाको बैठकमा सहभागी हुन गएको थिएँ”– उहाँले भन्नुभयो– “गाली गलौज गर्दै कार्यालयभित्र पस्न नदिने भनेपछि बैठकमा नबसी फर्किएँ ।” दलित भएकै कारण वडाअध्यक्षले आफूलाई दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

वडाध्यक्षले फोनमार्फत वडा कार्यालयको भवन निर्माण गर्ने प्रस्तावमाथि छलफल गर्न बैठकमा निम्ता गरेकाले पाटीको तर्फबाट सचिव उपरकोटीलाई पठाइएको सो वडा समितिका सभापति देवीप्रसाद योङहाङले बताउनु भयो । समस्याको विषयमा पाटीको तर्फबाट जेठ ९ गते वडा कार्यालयमा निवेदन दिइएको र सो सुनुवाई नभए माथिल्लो निकायमा उजुरी दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

आरोपित वडाध्यक्ष लक्ष्मीप्रसाद सुहाङले आफूले बोलाएको व्यक्ति बैठकमा अनाएकोले सामान्य विवाद मात्र भएको बताउनु भयो । “वडा कार्यालय भवनको फण्डेसनका लागि विनियोजित रकमको उपभोक्ता समिति गठन गर्न नेपाली काँग्रेसको तर्फवाट दुई जना प्रतिनिधि बोलाएको थिएँ”– उहाँले भन्नु भयो– “निम्ता गरेको व्यक्ति नआएपछि विवाद भएको हो ।” अरुबेला पनि वडाको विषयमा विवाद मात्र ल्याउने गरेकाले सम्झाएको उहाँले बताउनु भयो ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments