Incident Reports

जातीय छुवाछुतको आरोपमा सोलुखुम्बु तिङ्लाकी एक महिला पक्राउ

2020-05-09

Province 1, Solukhumbu, Solududhakunda, Ward 11

सोलुखुम्बु : जातीय छुवाछुवातकोे आरोपमा सोलुखुम्बु तिङ्लाकी एक महिलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला भदौरेकी ३१ बर्षिय संगिता राई रहेकी छन् ।  

प्रहरीका अनुसार बैशाख २७ गते बाटो हिड्ने क्रममा स्थानिय मिन बहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडी हिडेको भन्दै गाली बेइज्जती गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो । 

उनी विरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसुरमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरिक्षक (ईस्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोलुखुम्बु जिल्ला अदालतको आदेश बमोजिम पक्राउ परेका राईलाई विहिबार अदालत समक्ष पेस गरिने छ । पिडितका अनुसार संगिताले बाटो हिड्ने क्रममा सार्वजनिक स्थलमा तल्लो जातको मान्छे आफु भन्दा अगाडी हिडेको भन्दै ढुंगाले हानेर लखेटेका थिए । 

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments