2020-05-23
Karnali, Rukum West, Chaurjahari, Ward 8
११ जेठ, जाजरकोट । शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ ।
सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।
उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।
Update:
रुकुम पश्चिमर जाजरकोट — कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् ।
चौरहजारीका युवा टिकाराम सुनारले पनि ज्यान गुमाए । नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका आफन्तले भने रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले लखेटेर भेरीमा बगाइदिएर हत्या गरेको बताएका छन् । नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला स्थानीयले लखेटेर हत्या गरेको दाबी मृतकका आफन्तको छ । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । जातीय विभेदका कारण स्थानीयले युवाहरूलाई लखेटेको आरोप मृतकका आफन्तहरूले लगाएका छन् ।
जाजरकोटका १९ जना युवा सोती पुगेपछि किचलो सुरु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ । केही जाजरकोटतिर फर्किएका र बाँकी १२ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । ४ जना सम्पर्कविहीन छन् । केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।
नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् । ‘तर, हामीहरुको केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाइन्,’घाइते आशिषले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि त ढुंगैढुंगाले खेदेर भेरीमा धपाए ।’नदीमा पसेपछि पनि ढुंगाले हानेको उनले बताएका छन् ।
शनिबार साँझ करिब ८ बजे उनीहरु गाउँमा पुगेपछि तनाव भएको घाइते आशिष बिकले बताए । ‘तल्लो जातको केटाले माथिल्लो जातकी केटी लिन आयो भन्दै लखेटेका हुन्,’उनले भने, ‘जातभातको कारण आज यस्तो हालत भयो ।’
सोतीका स्थानीयले भने उक्त आरोप गलत भएको बताएका छन् । सोतीमै घर भएका चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले जातीय भेवभावका कारण घटना नभएको दाबी गरे । ‘अहिले एक टोलबाट अर्को टोलमा जान मनाही छ,’ उनले भने, ‘तर एकैसाथ धेरै मान्छेहरू आएको थाहा पाएपछि गाउँलेले सोधपुछ गर्ने क्रममा भागभाग भएको भन्ने सुनेपछि क्वारेन्टाइन व्यवस्थापनमा खटिएको म पनि त्यहाँ पुगेको हुँ ।’
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले घटना गम्भीर भएको बताउँदै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्न दुईटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताएका छन् । हाल कालीकोटमा रहेका उनले भने, ‘विवाहको विषयलाई लिएर घटना भएको सुन्नमा आएको छ, यसबारे थप अनुसन्धानपछि थाहा होला ।’
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Related to discrimination against Dalits |
Actor 1 - Number of people | 40 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 19 |
Actor 2 - Affiliation (Target) | Dalit |
Actor 2 - Youth | unknown |
Total Killed | 5 |
Youth Killed | 5 |
Trends of Violence and Contestation in Nepal, September - November 2020
December 29, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
Trends of Violence And Contestation In Nepal, June - August
October 11, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance