Incident Reports

क्वारेन्टिनमा पनि जातिय विभेद

2020-06-01

Lumbini, Gulmi, Isma, Ward 3

गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद गरिएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टिनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्ला बेग्लै रहेको छ । 

'हामी हिजो भारतबाट आएर यस  क्वारेन्टिनमा बसेका हौं । ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरका कमल नेपालीले भने, यहाँ साह्रै असुविधा त थियो नै त्योभन्दा पनि पीडा जातिय विभेदको भयो । करिव ३० जना जति छौं  त्यस मध्ये दलित समुदाका त्यस्तै बिसु बाइस जना जति छौं । अरु जातिहरुले हामी उपल्लो जाति हो  । त्यसैले हामीले बेग्लै पकाएर खान्छौं भनेर आफै पकाउनु हुन्छ । हामी बेग्लै पकाउँछौं ।

उनका अनुसार क्वारेन्टिन भन्नु मात्रै हो । सामाजिक  दूरीको मतलव नै छैन । सबै लहरै सुत्ने गरिएको छ  ।  चामल दाल, तेल नुन दिएका  छन् । तरकारी आफै किनेर खाऊ भन्छन् ।  कोही फर्केर आउँदैनन् । असाध्धै दुख छ, त्यहाँ बस्नेहरुले भने । 

क्वारेन्टिनमा पनि जातिय विभेद भन्ने गुनासो नि भन्ने प्रश्नमा गर्दै ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टललाई ध्यानकृष्ट गराउँदा उनले भने, 'म आफै  क्वारेन्टिनमा छु । जान पाएको छैन । के रहेछ बुझेर जानकारी दिउला ।'  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 22
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments