Incident Reports

बुटवलका घरबेटीको विज्ञापन : ‘कोठा खाली छ तर तल्लो जातको लागि होइन’ !

2020-06-07

Lumbini, Rupandehi, Butwal, Ward 11

बुटवल । प्रदेश नं. ५ को अस्थाई राजधानी हो बुटवल । तर राजधानी बुटवलमै जातिय विभेदको घटना भने बढ्दो क्रममा छ ।बुटबलको देबिनगरस्थित वडा नं. ११, अग्नीपथमा घर भएकी माया घिमिरेले सोही स्थानकी मिठु परियारलाई दलित भन्दै कोठा दिन अस्विकार गरेपछि पीडित परियारले आफु अन्यायमा परेको बताएकी छिन् । “म यही जेठ २५ गते घिमिरेको घरमा कोठा खाली छ भन्ने थाहा पाएर गएकी थिएँ । मलाई कोठा मन परेको थियो ।कोठाको मोलतोल भएपछि घरबेटीले जात सोध्नु भयो । मैले परियार थर बताएपछि उहाँले सिधै दिन्न भन्नु भयो,” पीडित परियारले भनिन्, “जातले के फरक पर्छ र ? म पनि त तपाई जस्तै मान्छे हो, कृपया मलाई कोठा दिनुस् भन्दा, उहाँले ‘मेरो श्रीमानले तल्लो जातलाई किन कोठा दिएको भनेर मलाई गाली गर्नुहुन्छ, सासुआमा आउनु हुन्छ उहाँको लागि पनि मैले कोठा दिन मिल्दैन’ भन्नु भयो, मैले केही भन्न सकिन ।” 

घिमिरेका श्रीमान भारतीय सैनिकमा जागिरे छन् । दुई छोरासहित उनी अग्नी पथमा बस्दै आएकी छिन् ।उनको घरको माथिल्लो तलामा २ वटा र भुईतलामा २ वटा कोठा खाली छन् । कोभिड १९ सुरु भएयता उनका दुबै तलाका कोठा खाली भएका थिए ।देशमा जातीय विभेद उन्मुलन भएको कागजी घोषणा भएको १४ वर्ष बितिसक्दा पनि जातीय बिभेदका यस्ता घटना हुनु निन्दनीय भएको बताउँछन् संबिधान सभाका सभासद तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी । पीडितले न्याय पाउनु पर्ने र पीडकलाई प्रचलित कानुन अनुरुप कारवाही हुनु पर्ने उनको भनाई छ ।आफुले न्याय नपाएसम्म कानुनी लडाईँ लडिरहने पीडित परियारको भनाई छ । जातीय बिभेदका बरेमा बुझ्न खोज्दा पीडक घिमिरेले फोन उठाइनन् । घटनाका बारेमा बुझ्न भन्दै पीडित र अधिकारकर्मी उनकै घरमा पुगेका थिए । तर उनी घरबाट फरार भएकी छिन् । दियो पोस्ट

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments