Incident Reports

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

2020-08-18

Karnali, Dolpa, Tripurasundari, Ward 1

त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय विभेद गरेको आरोपमा शाही होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित शाही विरूद्ध पीडितले साउन ३१ गते प्रहरी चौकी त्रिपुराकोटमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको त्रिपुराकोट चौकीका सइ इन्द्रबहादुर राइले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

नगरपालिका कार्यालयको गेटनजिकै रहेको होटलमा साउन ३१ गते आरोपित शाहीले भान्सा छोइन्छ अलि पर वस भनेर सार्वजनिक स्थलमा अपहेलना गर्नुका साथै जातीय विभेद हुने व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

विष्णुुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
INSEC

0 Comments